default_image

2 years ago

October 3, 2022

रनको वर्षामा बने पाँच विश्व कीर्तिमान

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टि२० आई खेलमा पाँच विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टि२० आई सिरिज जित्न सफल भएको हो । गुवाहाटीमा टस हारेर पहिला […]

92 views

0 Bookmark

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टि२० आई खेलमा पाँच विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टि२० आई सिरिज जित्न सफल भएको हो ।

गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन बनायो । सूर्यकुमार यादवले २२ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको विष्फोटक इनिङ खेले । सूर्यले १८ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर लोकेश राहुलले २८ बलमा ५ चौका र ४ छक्कासहित ५७ रनको इनिङ खेले ।

तेस्रो विकेटका लागि विराट कोहली र सूर्यकुमार यादवले ४२ बलमा १ सय २ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरे । विराट कोहली २८ बलमा ७ चौका र १ छक्कासहित ४९ रनमा अविजित रहे । दीनेश कार्तिक ७ बलमा १ चौका र २ छक्कासहित १७ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जितको लागि २ सय ३८ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनायो ।

डेविड मिलरले ४७ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ६ रनको अविजित विष्फोटक शतकीय इनिङ खेले । मिलरको यो दोस्रो टि२० आई शतक हो । ओपनर क्विन्टन डि कक ४८ बलमा ३ चौका र ४ छक्कासहित ६९ रनमा अविजित रहे । चौथो विकेटका लागि मिलर र डि ककले १ सय ७४ रनको सानदार अविजित शतकीय साझेदारी गरेपनि हार टार्न सकेनन् ।

भारतका अर्शदीप सिंहले ४ ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीच खेलमा रनको वर्षा हुँदा बनेका पाँच विश्व कीर्तिमान यस प्रकार छन् ।

१. मिलर पाँचौं नम्बरमा दुई शतक हान्ने पहिलो ब्याटर

डेविड मिलर टि२० आईमा पाँचौं नम्बरमा ब्याटिङ गर्दै दुई शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । मिलरले यसअघि पाँचौं नम्बरमा ब्याटिङ गर्दै सन् २०१७ बलमा बंगलादेशविरुद्ध ३६ बलमा ७ चौका र ९ छक्कासहित कुल १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए । टि२० आईमा सर्वाधिक छिटो शतकमा रोहित शर्मासँग बराबरी कीर्तिमानी पर्दछ ।

२. चौथो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी

डि कक र मिलरले गरेको १ सय ७४ रनको अविजित साझेदारी टि२० आईमा चौथो विकेटका लागि सर्वाधिक ठूलो हो । यसअघि गतवर्ष माल्टाका कप्तान विक्रम अरोरा र बरुण थामोथारामले चौथो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए ।

२०१६ मा दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलिया ग्लेन म्याक्सवेल र डेविड वार्नरले चौथो विकेटका लागि नै १ सय ६१ रनको साझेदारी गरेका थिए ।

३ .सर्वाधिक कम बलमा एक हजार

भारतीय ब्याटर सूर्यकुमार यादव सबैभन्दा कम बलमा एक हजार रन पूरा ब्याटर बनेका छन् । सूर्यले ५ सय ७३ बलमा यस सफलता हात पारे । यसअघि अष्ट्रेलिया ग्लेन म्याक्सवेलले ६ सय ४ र न्युजिल्यान्डका कोलिन मुनरोले ६ सय ३५ बलमा एक हजार रन पूरा गरेका थिए ।

४. डेथ ओभरमा सर्वाधिक रन

भारत र दक्षिण अफ्रिकाबीचको खेलमा डेथ ओभरमा कुल १ सय ६० रन बनेको थियो । डेथ ओभर १६ देखि २० ओभर अर्थात इनिङको अन्तिम पाँच ओभरलाई भनिन्छ । भारतले डेथ ओभरमा ८२ र दक्षिण अफ्रिकाले ७८ रन जोडेका थिए । अर्थात यी दुई टोलीले डेथ ओभरमा ६० बलमा १ सय ६० रन बनाए ।

जुन हालसम्मकै सर्वाधिक हो । यस अघि डेथ ओभरमा सन् २०१० मा पाकिस्तान र अष्ट्रेलियाबीचको खेलमा १ सय ४८ रन बनेको थियो । उक्त खेलमा पाकिस्तानले ७३ र अष्ट्रेलियाले ७५ रन बनाएका थिए । २००७ मा भारत र इंग्ल्यान्डबीचको खेलमा डेथ ओभरमा १ सय ४५ रन बनेको थियो । उक्त खेलमा भारतले ८० र इंग्ल्यान्डले ६५ रन जोडेको थियो ।

५. भारत दक्षिणअफ्रिकाविरुद्ध सर्वाधिक योगफल बनाउने टोली

भारत टि२० आईमा दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक योगफल बनाउने टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाविरुद्ध २०१५ मा वेस्टइन्डिजले ६ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । इंग्ल्यान्डले यसै वर्ष दक्षिण अफ्रिकाविरुद्ध ६ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।

टि२० आईमा सर्वाधिक ठूलो योगफल अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो । भारतले २०१७ मा श्रीलंकाविरुद्ध २ सय ६० रन बनाएको थियो । जुन भारतको उच्च योगफल हो । दक्षिण अफ्रिकाको उच्च योगफल २००९ मा इंग्ल्यान्डविरुद्ध ६ विकेट गुमाउँदै २ सय ४१ रन थियो ।

यो पनि : एकै खेलमा २५ छक्काको वर्षा

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.