default_image

2 years ago

October 3, 2022

मिलरसँग डि ककले मागे माफी

एजेन्सी – दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले विष्फोटक ब्याटर डेविड मिलरसँग माफी मागेका छन् । भारतसँगको दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिका १६ रनले पराजित भएपछि डि ककले मिलरसँग माफी मागेका हुन् । खेलपछि विष्फोटक शतक हानेका मिलरले डिककले आफूसँग माफी मागेको बताएका छन् । ‘पक्कैपनि डि ककले सुरुमा ब्याटिङ गर्न संघर्ष गरे । […]

129 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले विष्फोटक ब्याटर डेविड मिलरसँग माफी मागेका छन् । भारतसँगको दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिका १६ रनले पराजित भएपछि डि ककले मिलरसँग माफी मागेका हुन् ।

खेलपछि विष्फोटक शतक हानेका मिलरले डिककले आफूसँग माफी मागेको बताएका छन् । ‘पक्कैपनि डि ककले सुरुमा ब्याटिङ गर्न संघर्ष गरे । उनले हामीलाई मौका दिए । उनी चौका र छक्का हान्ने क्षमता भएका खेलाडी हुन् । उनी त्यसगर्नेक्रममा थिएँ । हामी मात्र १६ रनले पछि पर्यौ’, खेलपछि मिलरले भने ।

त्यसैमा थपे ‘डि कक मसँग हिँडे । राम्रो खेल्यौं । मलाई माफ गर ( वेल प्लेड आइ एम सोरी) खेलपछि भने । यो राम्रो विकेट थियो । भारतले हामीलाई सुरुदेखीनै दबाबमा राख्यो । हामीले पहिलो बलदेखि नै स्वतन्त्र खेल्नुपर्ने थियो ।’

डिक पहिलो खेलमा एक रनमा आउट भएका थिए । यस खेलमा उनको सुरुवात कमजोर रह्यो । कप्तान टेम्बा बभुमा ७ बल खेल्दा खाता नखोली आउट भए । राइली रोसोउ पनि डक आउट भएपछि डि कक संयमित खेले । सुरुवातमा डि कक १० ओभरको खेल सकिँदा २३ बलमा २ चौकासहित २१ रन बनाएर खेलेका थिए । अर्कोतर्फबाट मिलरले चौका र छक्का हानी राखेका थिए ।

मिलर २५ बलमा अर्धशतक हान्दा डि कक भने ३३ बलमा ३२ रनमा खेलेका थिए । डि ककले १५ औं ओभरमा अक्षर पटेललाई दुई छक्का र एक चौकासहित खेलको गति परिवर्तन गरे । १५ ओभरको खेल सकिँदा ३० बलमा ९५ रन चाहिँएको थियो ।

डि ककले १८ औं ओभरको पहिलो बलमा हर्षल पटेललाई छक्का हाने । १९ औं ओभरमा अर्शदीप सिंहलाई मिलरले दुई छक्का र दुई चौका सहित कुल २६ रन बटुले । अन्तिम ओभरमा ३६ रन चाहिँदा मिलरले अक्षरलाई दुई र डिककले एक छक्का प्रहार गरेका थिए ।

जितको लागि २ सय ३८ रनको विशाल विजयी लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै २ सय २१ रन बनायो । मिलर ४७ बलमा ८ चौका र ७ छक्कासहित १ सय ६ रनमा अविजित रहे । डि कक ४८ बलमा ३ चौका र ४ छक्कासहित ६९ रनमा अविजित रहे ।

मिलरको विष्फोटक ब्याटिङको कारण १६ रनले पराजित भएपछि डिककले माफी मागेका हुन् । आफूले आक्रामक ब्याटिङ गर्न नसकेपछि उनले माफी मागेका थिए । चौथो विकेटका लागि मिलर र डिककले १ सय ७४ रनको कीर्तिमानी साझेदारी गरेका थिए । जुन टि२० आईको चौथो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी हो ।

दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले मिलर टि२० आईका एक उत्कृष्ट खेलाडी बताउँछन् । ‘हामीले बलिङमा राम्रो गर्न सकेनौं । फरक परिस्थीतिमा फरक योजना आवश्यक पर्छ । हामी २ सय २० ब्याटरलाई राम्रो हुनेछ सोचका थियौं । तर २ सय ४० धेरै उच्च भयो । यसले देखाउँछ कि मिलर टि२० आईका किन उत्कृष्ट ब्याटर हुन् भनेर । यो प्रदर्शनबाट हामी अझ आत्माविश्वास प्राप्त गरेका छौं’, बभुमाले भने । बभुमाको भने टिममा चर्को आलोचना हुँदै आएको छ ।


यता लोकेश राहुल आफू प्लेयर अफ द म्याच हुँदा आश्चर्यमा परेको बताए । ‘ईमान्दारीका साथ भन्दा पहिलो दुई ओभरपछि रोहित र मबीच कुराँकानी भएको थियो । पिचमा ग्रिपिङ हुँदा हामीले १८०/१८५ रन राम्रो लक्ष्य मानेका थियौं । तर खेलले हामीलाई आश्चर्य पार्छ । मलाई प्लेयर अफ द म्याच दिएकोमा आश्चर्य लागेको छ । यो सूर्यले पाउनुपर्ने थियो । उनले खेल परिवर्तन गरेका थिए’, राहुलले भने ।

गुवाहाटीमा भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २२ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको विष्फोटक इनिङ खेले । सूर्यले १८ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर लोकेश राहुलले २८ बलमा ५ चौका र ४ छक्कासहित ५७ रनको इनिङ खेले । विराट कोहली २८ बलमा ७ चौका र १ छक्कासहित ४९ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । केशव बाहेक अन्य चार तीव्र गतिका बलरको प्रदर्शन राम्रो हुन सकेन । दक्षिण अफ्रिकाका चार तीव्र गतिका बलरले १५ ओभर बलिङ गर्दा विकेट विहीन हुँदै कुल २ सय १ रन खर्चेका थिए ।

यो पनि : रनको वर्षामा बने पाँच विश्व कीर्तिमान

एकै खेलमा २५ छक्काको वर्षा

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.