default_image

2 years ago

October 3, 2022

नर्स र टेलरले विष्फोटक ब्याटिङ गर्दा इन्डिया फाइनलमा

एजेन्सी – कप्तान रस टेलर र एशले नर्सको विष्फोटक ब्याटिङमा इन्डिया क्यापिटल्सले विशाल लक्ष्य पूरा गर्दै लेजेन्ड्स क्रिकेट लिगको फाइनलमा पुगेको छ । आइतबार राती क्वालिफायर खेलमा भिलवारा किंग्सलाई ४ विकेटले हराउँदै इन्डिया क्यापिटल्स फाइनलमा पुगेको हो । जितको लागि २ सय २७ रनको विशाल लक्ष्य पछ्याएको क्यापिटल्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो […]

80 views

0 Bookmark

एजेन्सी – कप्तान रस टेलर र एशले नर्सको विष्फोटक ब्याटिङमा इन्डिया क्यापिटल्सले विशाल लक्ष्य पूरा गर्दै लेजेन्ड्स क्रिकेट लिगको फाइनलमा पुगेको छ ।

आइतबार राती क्वालिफायर खेलमा भिलवारा किंग्सलाई ४ विकेटले हराउँदै इन्डिया क्यापिटल्स फाइनलमा पुगेको हो । जितको लागि २ सय २७ रनको विशाल लक्ष्य पछ्याएको क्यापिटल्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

कप्तान रस टेलरले ३९ बलमा ९ चौका र ५ छक्कासहित ८४ रनको सानदार इनिङ खेले । एशले नर्सले २८ बलमा ५ चौका र ४ छक्कासहित ६० रनमा अविजित रहे । टेलरले २० र नर्सले २७ बलमा अर्धशतक पूरा गरेका थिए ।

लियाम प्लंकेटले ९ बलमा १ चौका र २ छक्कासहित महत्वपूर्ण २० रन बनाए । किंग्सका फिडेल एडवार्ड्सले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि जोधपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनायो । किंग्सका शेन वाटसनले ३९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।

ओपनर विलियम पोर्टरफिल्डले ३७ बलमा ७ चौका र ३ छक्कासहित ५९ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । युसुफ पठानले विष्फोटक अन्त्य गरे । पठानले २४ बलमा ३ चौका र ४ छक्कासहित ४८ रन जोडे । राजेश विश्रोई ११ बलमा ५ चौका र २ छक्कासहित ३६ रनमा अविजित रहे । इरफान पठान ८ रनमा आउट भए ।

ओपनर मार्ने भानलाई ४ रनमै पहिलो ओभरमा गुुमाएको थियो । दोस्रो विकेटका लागि शेन वाटसन र विलियम पोर्टरफिल्ड १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरे ।

इन्डिया क्यापिटल्सका मिचेल जोनसनले ४ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए । फाइनल बुधबार हुनेछ । एलिमिनेटर खेलमा फाइनलमा स्थान बनाउन किंग्स र गुजरात जायन्ट्सबीच आज राती प्रतिस्पर्धा हुनेछ ।

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

Success

Thank you for your time.