default_image

2 years ago

October 3, 2022

पाटिदार र मुकेश पहिलो पटक भारतीय टोलीमा

एजेन्सी – ओपनर रजत पाटिदार र तीव्र गतिका बलर मुकेश कुमार पहिलो पटक भारतीय टोलीमा परेका छन् । भारतले दक्षिण अफ्रिकासँग हुने तीन ओडिआई खेलको लागि शिखर धवनको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । गतवर्ष इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरबाट सानदार प्रदर्शन गरेका पाटिदारलाई भारतले टोलीमा बोलाएको छ । पाटिदारले […]

71 views

0 Bookmark

एजेन्सी – ओपनर रजत पाटिदार र तीव्र गतिका बलर मुकेश कुमार पहिलो पटक भारतीय टोलीमा परेका छन् । भारतले दक्षिण अफ्रिकासँग हुने तीन ओडिआई खेलको लागि शिखर धवनको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ ।

गतवर्ष इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरबाट सानदार प्रदर्शन गरेका पाटिदारलाई भारतले टोलीमा बोलाएको छ । पाटिदारले गतवर्ष एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई हराउन ५४ बलमा १२ चौका र ७ छक्कासहित १ सय १२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

क्वालिफायरमा पनि पाटिदारले राजस्थान रोयल्सविरुद्ध ५८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । २९ वर्षीय उनले भारत ए बाट पनि लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । गत सेप्टेम्बरमा न्युजिल्यान्ड ए विरुद्ध प्रथम श्रेणीमा १ सय ७६ र १ सय ९ रनको शकीय इनिङ खेलेका थिए ।

घरेलु क्रिकेटमा पनि त्यतिनै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । पहिलो पटक रणजी ट्रफीको उपाधि मध्य प्रदेशलाई जिताउन मुम्बईविरुद्ध पाटिदारले पहिलो इनिङमा १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए ।

२८ वर्षीय मुकेशले हालसम्म आइपिएल खेलेका छैनन् । तर भारत ए र बंगालबाट घरेलु क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । उनले ३० प्रथम श्रेणीमा १ सय ९ र १८ लिष्ट ए मा १७ विकेट लिएका छन् । त्यस्तै राहुल त्रिपाठीलाई पनि टोलीमा बोलाएको छ । त्रिपाठी यसअघि आयरल्यान्ड र इंग्ल्यान्ड भ्रमणमा भारतीय टोलीमा रहेपनि डेब्यू अवसर पाएका छैनन् ।

मुकेश कुमार

भारतले विश्वकप खेल्ने टोलीलाई भने ओडिआईमा समेटेको छैन । भारतको विश्वकप टोली बिहीबार अष्ट्रेलिया प्रस्थान गर्नेछ । ओडिआई टोलीमा विश्वकप टोलीमा रहेका तीन वैकल्पिक खेलाडी दीपक चाहर, रवि विश्रोई र श्रेयस ऐर छन् ।

तीव्र गतिका बलर जस्प्रित बुमराह चोटका कारण बाहिरिने सम्भावना हुँदा दीपकले उनको स्थान लिनसक्ने सम्भावना छ । भारत र दक्षिण अफ्रिकाबीच पहिलो ओडिआई खेल बिहीबार लखउन, दोस्रो आइतबार राँची र तेस्रो खेल मंगलबार हुनेछ ।

भारतको ओडिआई टोली :

शिखर धवन (कप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, श्रेयस ऐर (उपकप्तान), रजत पाटिदार, राहुल त्रिपाठी, ईशान किशन, सन्जु स्यामसन, शहवाज अहमद, शार्दुल ठाकुर, कुलदीप यादव, रवि विश्रोई, मुकेश कुमार, आवेश खान, मोहम्मद शिराज र दीपक चाहर ।

पाटिदारको क्रिकेट जीवनी : अनसोल्ड पाटिदारले दिएको ‘शतकीय पार्टी’

भारतको विश्वकप खेल्ने टोली :

रोहित शर्मा (कप्तान), लोकेश राहुल(उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।

वैकल्पिक : मोहम्मद शामी, श्रेयस ऐर, रवि विश्रोई र दीपक चाहर ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.