default_image

2 years ago

October 4, 2022

क्रिकेट टोलीको बस मर्मतमा १६ लाख खर्च

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले १६ लाख रुपैयाँ खर्च गरेर क्रिकेट टोली चड्ने बस मर्मत गरेको छ । पुरानो बसलाई नै मर्मत गर्दै क्यानले आधुनिक सुविधा थपेको छ । त्यसको लागि १६ लाख रुपैयाँ खर्च गरेको छ । ‘यो बस पुरानो हो । यसको पाटपुर्जा परिवर्तन गरेको हो । अहिलेको खेलाडीलाई […]

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले १६ लाख रुपैयाँ खर्च गरेर क्रिकेट टोली चड्ने बस मर्मत गरेको छ । पुरानो बसलाई नै मर्मत गर्दै क्यानले आधुनिक सुविधा थपेको छ । त्यसको लागि १६ लाख रुपैयाँ खर्च गरेको छ ।

‘यो बस पुरानो हो । यसको पाटपुर्जा परिवर्तन गरेको हो । अहिलेको खेलाडीलाई सुविधा सम्पन्न बस बनाएका हौं । यसको खर्च १६ लाख रुपैयाँ छ’, क्यानका कोषाध्यक्ष रोशनसिंहले हाम्रो खेलकुदसँग भने । क्यानले पुरानै बसको इन्जिन बाहेक अन्य सबै परिवर्तन गरेको छ ।

यो बस क्यानलाई भारतीय दुताबासले ११ वर्षअघि अनुदानमा दिएको थियो । ‘बोडी (पाटपुर्जा) कामै नलाग्ने भएको थियो । क्यानले आफैं खर्चमा बनाएका हौं । हामीले खर्च गरेर बनाएको रकममा अर्को बस पनि आउथ्यो । तर अहिलेको जस्तो बन्ने थिएन । यसमा साउन्ड स्टिम, कुलर, माइक स्टम, टिभी, वाइफाई, आधुनिक सिट लगायतका सेवा सुविधा छन्’, रोशनले भने ।


उक्त बसलाई बनेपा बनाएर क्यानले सोमबार काठमाडौंमा सञ्चालनको लागि लिएको छ । पहेलो रङमा डिजाइन गरेको बसमा नेपालको झण्डा, ब्याट, क्यानको लोगो, भारत र नेपालको झण्डा राखिएको छ । भारतीय दुतावासले अनुदानको रुपमा दिएको हुँदा भारत झण्डा राखेको छ ।

तत्काल नेपाली क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भने छैन । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको लागि नोभेम्बरमा नामिबिया भ्रमण गर्नेछ । त्यसअघि घरेलु मैदानमा नेपालले सिरिज गराउन प्रयास गरेको छ ।

बंगलादेश ए लाई तीन एकदिवसिय अभ्यास खेल खेल्न प्रस्ताव समेत गरेको थियो । तत्काल भने खेल्न इच्छुक नभएको बुझिएको छ । कार्तिक दोस्रो सातादेखि काठमाडौंमा प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता हुँदैछ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.