default_image

2 years ago

October 4, 2022

टि२० विश्वकपमा सानदार प्रदर्शन गर्नसक्ने पाँच युवा खेलाडी

एजेन्सी – टि२० विश्वकप २०२२ सुरुहुन दुई साता बाँकी छ । अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि सबै टोलीले आफ्नो तयारी सक्दै टोली घोषणा गरेका छन् । विश्वकप सबैभन्दा ठूलो प्रतियोगिता र अवसर हो । युवा खेलाडीलाई विश्व क्रिकेटमा स्टार बन्ने राम्रो अवसर विश्वकप नै हो । त्यसैले युवा खेलाडी थप सानदार प्रदर्शन गर्दै टोलीको जित […]

90 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप २०२२ सुरुहुन दुई साता बाँकी छ । अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि सबै टोलीले आफ्नो तयारी सक्दै टोली घोषणा गरेका छन् । विश्वकप सबैभन्दा ठूलो प्रतियोगिता र अवसर हो ।

युवा खेलाडीलाई विश्व क्रिकेटमा स्टार बन्ने राम्रो अवसर विश्वकप नै हो । त्यसैले युवा खेलाडी थप सानदार प्रदर्शन गर्दै टोलीको जित सहज बनाउन सक्छन् । थुप्रै युवा खेलाडी छन् । जसले विश्व क्रिकेटमा राम्रो छाप छाडेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा प्रदर्शन र युवा खेलाडी क्षमता हेर्दा केहि खेलाडीले विश्वकपमा सानदार प्रदर्शन गर्ने सम्भावना देखिन्छ । त्यसमध्य पहिलो पटक विश्वकप खेल्दै सानदार प्रदर्शन गर्न सक्ने पाँच खेलाडी यस प्रकार छन् ।

५. अर्शदीप सिंह (भारत)

भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहले छोटो समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रभाव छाडेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सबाट उत्कृष्ट प्रदर्शन गर्दै २३ वर्षीय अर्शदीपले गत जुलाईमा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । त्यसपछि वेस्टइन्डिजसँगको सिरिज, एसिया कप हुँदै दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् ।

अर्शदीप योर्करका लागि चिनिन्छन् । नयाँ बल र डेथ ओभर दुबैमा उत्कृष्ट बलिङ गर्दै आएका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ६ रनमा अल आउट गर्न प्रमुख तीन विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो खेलमा एकै ओभरमा दुई विकेट लिएका थिए ।

एसिया कपको सुपर फोरमा पाकिस्तान र श्रीलंकाविरुद्ध अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्वकप टोलीमा परेका हुन् । १३ टि२० आई खेलमा १९ विकेट लिई सकेका छन् । योर्करका साथ उत्कृष्ट प्रदर्शन गरेपछि भारतले उनलाई विश्वकपमा समेटेको छ । जस्प्रित बुमराह घाइते भएपछि अर्शदीप पहिलो रोजाईमा नै खेल्दै सानदार प्रदर्शन गर्ने सम्भावना देखिन्छ ।

४.ह्यारी ब्रुक (इंग्ल्यान्ड)

विष्फोटक ब्याटिङको कुरा गर्दा इंग्ल्यान्ड सर्वाधिक अघि आउछ । त्यसको मुख्य कारण आक्रामक ब्याटरको बाहुल्यता हो । ह्यारी ब्रुक इंग्ल्यान्डले पाएको अर्को ठूलो प्रतिभा हो । जसले विश्व क्रिकेटमा लामो समय सम्म राज गर्ने देखिन्छ । २३ वर्षीय ह्यारी ब्रुकले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छाडि सकेका छन् ।

अग्ला कदका ब्रुक विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । यसै साता सम्पन्न पाकिस्तानसँगको सात टि२० आई खेलको सिरिज इंग्ल्यान्डलाई ४-३ ले जिताउन ब्रुकले प्लेयर अफ द सिरिज प्रदर्शन गरे । उनले दबाबमा पनि परिपक्क प्रदर्शन गर्दै आएका छन् ।

विश्वको उत्कृष्ट बलिङ आक्रामण भएको पाकिस्तानविरुद्ध तेस्रो खेलमा ब्रुकले ३५ बलमा ८ चौका र ५ छक्कासहित ८१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यस्तै निर्णायक सातौं खेलमा ब्रुकले २९ बलमा ४ छक्का र एक चौकासहित ४६ रन जोडेका थिए ।

जिम्मेवारीका साथ आक्रामक ब्याटिङ गर्ने ब्रुक इंग्ल्यान्डका मध्यक्रमका प्रमुख ब्याटर हुन् । पूर्व कप्तान ओईन मोर्गनले सन्न्यास लिएपछि ब्रुकले उनको स्थानमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

३. ट्रिस्टन स्टब्स (दक्षिण अफ्रिका)

युवा ब्याटर ट्रिस्टन स्टब्समा पूर्व कप्तान एवि डिभिलियर्सको झल्को देखिन्छ । ठूला सटको लागि माहिर स्टब्स डेब्यू विश्वकपमा सानदार प्रदर्शन गर्ने सोचमा हुनेछन् ।

२२ वर्षीय स्टब्सले दक्षिण अफ्रिकाबाट ८ टि२० आई खेल खेलेका छन् । गत जुनमा भारतविरुद्ध डेब्यू गरेपनि ब्याटिङको अवसर पाएनन् । तर उनले इंग्ल्यान्डविरुद्ध २८ बलमा ८ छक्का र २ चौकासहित ७२ रनको इनिङ खेलेका थिए ।

दबाबमा सानदार प्रदर्शन गरेपछि उनलाई दक्षिण अफ्रिकाले फिनिसरको रुपमा खेलाउँदै आएको छ । एकै खेलमा खेल मोड्न सक्ने खुबी भएका स्टब्स यो विश्वकपबाट झनै स्टार बन्नसक्छन् ।

२. नसिम शाह (पाकिस्तान)

टेस्टमा १६ वर्षको उमेरमा ह्याट्रिक गर्ने विश्वकै सबैभन्दा कान्छा खेलाडी नसिम शाहले पछिल्लो समय लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । एसिया कपमा शाहिन शाह अफ्रिदीले घाइते भएपछि नसिम पाकिस्तानको प्रमुख बलरको रुपमा खेल्दै सानदार प्रदर्शन गरे ।

विश्वको उत्कृष्ट टोली भारतविरुद्ध डेब्यू खेलमै लोकेश राहुल र सूर्य कुमार यादवलाई बोल्ड गर्दै सानदार सुरुवात गरेका थिए । नसिमले प्रतियोगिता भर उच्च प्रदर्शन गर्दै ७ विकेट लिएका थिए । उनको बलमा स्वीङ छ ।

अष्ट्रेलियाको पिचमा उनलाई झनै मद्दत मिल्न सक्छ । नसिम तल्लोक्रममा ब्याटिङ पनि गर्न सक्छन् । अफगानिस्तानविरुद्ध सुपर फोरमा अन्तिम ओभरमा लगातार दुई छक्का हान्दै फाइनलमा स्थान पक्का गराएका थिए । टेस्टको राम्रो अनुभव बटुली सकेका नसिम विश्वकपमा पनि हाबी हुनसक्छन् ।

१. क्यामरन ग्रीन (अष्ट्रेलिया)


क्यामरन ग्रीन घरेलु मैदानमा हुने टि२० विश्वकपमा टोलीमा छैनन् । तर कुनैपनि टोलीले अक्टोबर १५ सम्म खेलाडी परिवर्तन गर्न सक्छन् । अष्ट्रेलियाले ग्रीनलाई विश्वकपमा बोलाउने उच्च सम्भावना देखिन्छ ।

टेस्टमा सानदार प्रदर्शन गर्दै आएका उनले टि२० आई खेलमा विश्वको शक्तीशाली भारतविरुद्ध सानदार प्रदर्शन गर्दै विश्वकपमा आफ्नो दाबेदारी मजबुत बनाएका छन् ।

तीव्र गतिमा बलिङ गर्ने उनी विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । भारतविरुद्ध अघिल्लो महिना ग्रीनले २ सय ९ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा ३० बलमा ८ चौका र ४ छक्का हान्दै जित सहज दिलाएका थिए । तेस्रो खेलमा भारतविरुद्ध १९ बलमै अर्धशतक हानेका थिए ।

ग्रीनले तेस्रो खेलमा २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रनको इनिङ खेलेका थिए । वार्नर टोलीमा फर्किएपछि उनले मध्यक्रममा ब्याटिङ गर्नुपर्ने हुन्छ । अलराउन्डर मार्कस स्टोइनिस पूर्ण रुपमा फिट छैनन् । ग्रीन एश्टन अगर र जोश इंग्लिस मध्य एकको स्थान लिन सक्छन् ।

स्टिभ स्मिथको प्रदर्शन पनि त्यति राम्रो छैन । त्यसैले पनि उनलाई विश्वकपमा बोलाउने देखिन्छ । अग्ला कदका ग्रीनले घरेलु मैदानको फाइदा लिँदै थप सानदार प्रदर्शन गर्न सक्छन् ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.