default_image

2 years ago

October 4, 2022

रोसोउको विष्फोटक शतकमा भारतलाई विशाल लक्ष्य

एजेन्सी– शीर्षक्रमका ब्याटर राइली रोसेउको विष्फोटक शतकमा दक्षिण अफ्रिकाले तेस्रो टि२० आई खेलमा घरेलु टोली भारतलाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनायो । दक्षिण अफ्रिकाका राइली रोसोउ ४८ बलमा ७ चौका र ८ […]

185 views

0 Bookmark

एजेन्सी– शीर्षक्रमका ब्याटर राइली रोसेउको विष्फोटक शतकमा दक्षिण अफ्रिकाले तेस्रो टि२० आई खेलमा घरेलु टोली भारतलाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ ।

इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनायो । दक्षिण अफ्रिकाका राइली रोसोउ ४८ बलमा ७ चौका र ८ छक्कासहित १ सय रनको अविजित विष्फोटक शतकीय इनिङ खेले । उनको यो टि२० आई करिअरको पहिलो शतक हो । उनले ४८ बलमा शतक पूरा गरेका थिए ।

२०१६ पछि यसै वर्ष टोलीमा फर्किएका रोसोउले सुरुवाती दुई खेलमा भने डक आउट भएका थिए । गत जुलाईमा इंग्ल्यान्डविरुद्ध ९६ रनको इनिङ खेलेका थिए । जुन करिअरको उच्च प्रदर्शन थियो । यता कप्तान टेम्बा बभुमा तीन रनमा आउट भए । सुरुवाती दुई खेलमा बभुमा एक र डक आउट भएका थिए । दोस्रो विकेटका लागि क्विन्टन डि कक र रोसोउले ९० रनको सानदार साझेदारी गरे ।

डि कक ४३ बलमा ६ चौका र ४ छक्कासहित ६८ रनमा रन आउट भए । दुई रन लिनेक्रममा डिककलाई श्रेएस ऐरको थ्रोमा विकेटकिपर ऋषभ पन्तले रन आउट गराए ।

त्यसपछि ब्याटिङमा आएका ट्रिस्टन स्टब्सले १८ बलमा २ चौका र १ छक्कासहित २३ रन जोडे । तेस्रो विकेटका लागि रोसोउ र स्टब्सले ४४ बलमा ८७ रनको साझेदारी गरेका थिए । दोस्रो खेलमा शतक हानेमा डेविड मिलरले विष्फोटक अन्त्य गरे । मिलर ५ बलमा ३ छक्कासहित १९ रनमा अविजित रहे । अन्तिम ओभरमा मिलरले दीपक चाहरलाई लगातार तीन छक्का हानेका थिए ।

भारतका दीपक चाहरले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । उमेश यादवले ३ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । तीन टि२० आई खेलको सिरिज भारतले २(० को अग्रता लिँदै जितेको छ । दक्षिण अफ्रिका पहिलो खेलमा ८ विकेट र दोस्रो खेलमा १६ रनले पराजित भएको थियो ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.