default_image

2 years ago

October 5, 2022

लगातार दुई डकपछि रोसोउको आक्रामक शतक

एजेन्सी – शीर्षक्रमका ब्याटर राइली रोसोउको शतकमा दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली भारतलाई ४९ रनले पराजित गर्यो । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनायो । भारतलाई विशाल लक्ष्य दिन तेस्रो नम्बरका ब्याटर राइली रोसोउले १ सय रनको […]

53 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याटर राइली रोसोउको शतकमा दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली भारतलाई ४९ रनले पराजित गर्यो । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनायो ।

भारतलाई विशाल लक्ष्य दिन तेस्रो नम्बरका ब्याटर राइली रोसोउले १ सय रनको सानदार शतकीय इनिङ खेले । उनले ४८ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै विशाल योगफलको आधार तय गरे ।

टि२० आई करिअरको पहिलो शतक हानेका रोसोउको सुरुवाती दुई खेल भने सम्झन लायक हुन सकेन । तर तेस्रो खेलमा उनले ओपनर क्विन्टन डि ककलाई राम्रो साथ दिँदै दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे । लगातार दुई अर्धशतक हान्दै डि कक ४३ बलमा ६ चौका र ४ छक्कासहित ६८ रनमा रन आउट भए ।

दक्षिण अफ्रिका दोस्रो खेलमा १६ रनले पराजित भएको थियो । दोस्रो खेलमा २ सय ३८ रनको विशाल लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिका ३ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । डेविड मिलरले ४७ बलमा ८ चौका र ७ छक्कासहित १ सय ६ रनको अविजित इनिङ खेलेका थिए ।

डि ककले ४८ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन जोडेका थिए । चौथो विकेटका लागि मिलर र डि ककले १ सय ७४ रनको साझेदारी गरेका थिए । दोस्रो खेलको प्रदर्शनले दक्षिण अफ्रिकाको मनोबल भने उच्च थियो ।

तर दोस्रो खेलमा रोसोउ अर्शदीप सिंहको बलमा दीनेश कार्तिकबाट शून्यमा क्याच हुनपुगे । पहिलो खेलमा रोसोउ अर्शदीपको बलमै एज लागेर विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट भएका थिए । सुरुवाती दुई खेलमा डक आउट भएका रोसोउमाथिको विश्वास भने दक्षिण अफ्रिकाले गुमाएन । तेस्रो खेलमा पनि मौका दियो । रोसोउले त्यो मौकालाई भरपूर्ण फाइदा उठाए ।

कप्तान टेम्बा बभुमाको प्रदर्शन सम्झन लायक छैन । तेस्रो खेलमा उनी पाँचौं ओभरको पहिलो बलमा ८ बल खेल्दै तीन रनमा मिडविकेटमा रोहित शर्माबाट क्याच भएपछि रोसोउ ब्याटिङका लागि मैदान छिरेका थिए । रोसोउ यसै ओभरको अन्तिम दुई बलमा उमेश यादवलाई दुई चौका हान्दै सुरुवात गरे । त्यस अघिका तीन बल भने रोसोउले डट खेलेका थिए ।

नवौं ओभरको अन्तिम बलमा फाइन लेगमा मोहम्मद शिराजले उनको क्याच छाड्दा छक्का हुन पुगेको थियो । त्यसपछि उनी लगातार आक्रामक रुपमा प्रस्तुत भए । उनले अक्षर पटेललाई १४ औं ओभरको तेस्रो बलमा छक्का हान्दै २७ बलमा अर्धशतक पूरा गरेका थिए । २० औं ओभरको अन्तिम बलमा उनले आउट साइड अफको बललाई पुल सटमा डिप मिडविकेटमा एक रन हान्दै ४८ बलमा शतक पूरा गरेका थिए ।

खेलपछि उनले यो आफ्नो रात भएको बताए । ‘म भाग्यशाली थिए । यो मेरो रात थियो । हामीले केहि छलफल गरेका थियौं । डि ककले मलाई रन बनाउन भनेका थिएँ । भारत विश्वस्तरिय पक्ष हुन् । टोलीको लागि जित दिलाउन पाउँदा म खुशी छु’, रोसोउले भने ।

रोसोउ ६ वर्षपछि दक्षिण अफ्रिका टोलीमा फर्किएका थिए । अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सानदार प्रदर्शन गरेपछि दक्षिण अफ्रिकाले उनलाई टोलीमा बोलाएको थियो । रोसोउ गत जुलाईमा इंग्ल्यान्डसँगको सिरिजबाट टोलीमा पूनरागमन गरेका थिए । पहिलो खेलमा उनी चार रनमा आउट भएका थिए ।

दोस्रो खेलमा उनले इंग्ल्यान्डविरुद्ध ५५ बलमा १० चौका र ५ छक्कासहित ९६ रनको अविजित इनिङ खेलेका थिए । त्यसपछि तेस्रो खेलमा ३१ रनमा आउट भएका थिए । मध्यक्रममा राम्रो प्रदर्शन गरेपछि उनलाई विश्वकप टोलीमा समेटेको थियो । रास्सी भान डर डुसेन चोटका कारण बाहिरिएपछि उनीमाथि जिम्मेवारी झनै बढेको थियो ।

तर सुरुवाती दुई खेलमा उनी डक आउट भए । तर तेस्रो खेलमा भने उनले आफूलाई पुन : प्रमाणित गरे । ‘मैले डिककसँग कुराकानी गरेको थिएँ । उनीहरुले मलाई साथ दिए । हामी हाम्रो क्षमतामा विश्वास गछौं । आज राती रन बनेकोमा म आफैं र डिककसँग खुशी छु’, उनले भने ।

रोसोउ ओडिआईमा भने सानदार प्रदर्शनका बाबजुद बाहिरिएका थिए । उनले अन्तिम पटक अष्ट्रेलियाविरुद्ध १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए । यो प्रदर्शनले भने उनको आत्माविश्वास झनै बढ्नेछ । विश्वकपको मुखमै यो प्रदर्शनले दक्षिण अफ्रिका टोली र समर्थक पनि उत्साहित हुनेछन् ।

अर्कोतर्फ खेलाडीमाथि विश्वास देखाउन कति आवश्यक छ रोसोउ एक राम्रा उदाहरण हुन् । लगातार दुई डकपछिको पूनरागमन शतक आफैंमा एक प्रेरणादायी प्रदर्शन हो ।

यो पनि :

मिलरसँग डि ककले मागे माफी

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

Success

Thank you for your time.