default_image

1 year ago

November 25, 2022

प्रतिकको विष्फोटक शतकमा बागमतीको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर प्रतिक श्रेष्ठको विष्फोटक शतकमा बागमती प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई २ सय ७० रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६९ रन बनायो । बागमतीका प्रतिक श्रेष्ठ १ सय […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर प्रतिक श्रेष्ठको विष्फोटक शतकमा बागमती प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई २ सय ७० रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६९ रन बनायो । बागमतीका प्रतिक श्रेष्ठ १ सय ५ बलमा १० चौका र ९ छक्कासहित सर्वाधिक १ सय ४२ रनको विष्फोटक अविजित शतकीय इनिङ खेले ।

उनको करिअरको पहिलो शतक हो । जारी प्रतियोगितामा शतक हान्ने पहिलो खेलाडी हुन् । उनले ९० बलमा शतक पूरा गरेका थिए । बागमती एक समय १०५–६ को कमजोर अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि प्रतिक र अथर्व पौडेलले एक सय रनको शतकीय साझेदारी गरेपछि बागमतीले सानदार पूनरागमन गरेको थियो ।

अथर्व ४८ बल खेल्दै २ चौकासहित दीपेश कंडेलको बलमा १५ रनमा आउट भए । ओपनर लक्की कठायत ८ रनमा आषिश मगरको बलमा बोल्ड आउट भए । उत्तम मगर शून्यमा क्याच आउट भएका थिए ।

१५ औं ओभरको अन्तिम बलमा ओपनर सक्षम बाँस्ताकोटी नन स्ट्राइकमा स्पिनर दीपेश कंडेलको हातमा लागेर दुर्भाग्यशाली रन आउट भएपछि बागमतीले लगातार विकेट गुमाएको थियो । बाँस्ताकोटी ४४ बलमा ३ चौका र १ छक्कासहित २३, अशोक पौडेल २५ र यश भाट १४ रनमा आउट भए ।

प्रदेश एकका दीपेश कंडेल, विपिन महतो र सोनु अन्सारीले दुई दुई विकेट लिए । अभिन्नय राजवंशी र आषिश मगरले एक एक विकेट लिए ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.