default_image

1 year ago

November 25, 2022

प्रतिकको शतकमा बागमतीको लगातार दोस्रो जित

काठडमौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर प्रतिक श्रेष्ठको शतकमा बागमती प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई ७२ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितको लागि २ सय ७० रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश एक ४९.१ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । प्रदेश एकका कप्तान दीपेश कंडेलले […]

93 views

0 Bookmark

काठडमौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर प्रतिक श्रेष्ठको शतकमा बागमती प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई ७२ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

जितको लागि २ सय ७० रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश एक ४९.१ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । प्रदेश एकका कप्तान दीपेश कंडेलले ६६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

तीव्र गतिका बलर अहमद राजाले प्रदेश एकका प्रमुख ब्याटर तथा ओपनर सोनु अन्सारीलाई १३ रनमा बोल्ड आउट गरे । विकेटकिपर सुभन गहतराज ३५ बलमा ५ चौकासहित २६ रनमा एलबीडब्लू आउट भए । आइस्टाइन रिजाल ८७ बलमा १ चौकासहित ३५ रनमा आउट भए ।

फैजल रहमान ३१ बलमा १ चौका र १ छक्कासहित २४ रनमा रन आउट भए । रन लिन खोज्नेक्रममा चिप्लिएर लडेर पुन फर्किन खोज्दा अकोश पौडेलको रन आउटको शिकार बने ।

तल्लोक्रमका विपिन महतोले २२ बलमा २ चौका र १ छक्कासहित २१ रन जोडेका थिए । बागमतीका सक्रिय कार्कीले १० ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । ओमकार यादवले दुई, अहमद राजा, अभिषेक कोइराला र अथर्भ पौडेलले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६९ रन बनायो । बागमतीका प्रतिक श्रेष्ठ १ सय ५ बलमा १० चौका र ९ छक्कासहित सर्वाधिक १ सय ४२ रनको विष्फोटक अविजित शतकीय इनिङ खेले ।

उनको करिअरको पहिलो शतक हो । जारी प्रतियोगितामा शतक हान्ने पहिलो खेलाडी हुन् । उनले ९० बलमा शतक पूरा गरेका थिए । बागमती एक समय १०५–६ को कमजोर अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि प्रतिक र अथर्व पौडेलले एक सय रनको शतकीय साझेदारी गरेपछि बागमतीले सानदार पूनरागमन गरेको थियो ।

अथर्व ४८ बल खेल्दै २ चौकासहित दीपेश कंडेलको बलमा १५ रनमा आउट भए । ओपनर लक्की कठायत ८ रनमा आषिश मगरको बलमा बोल्ड आउट भए । उत्तम मगर शून्यमा क्याच आउट भएका थिए ।

१५ औं ओभरको अन्तिम बलमा ओपनर सक्षम बाँस्ताकोटी नन स्ट्राइकमा स्पिनर दीपेश कंडेलको हातमा लागेर दुर्भाग्यशाली रन आउट भएपछि बागमतीले लगातार विकेट गुमाएको थियो । बाँस्ताकोटी ४४ बलमा ३ चौका र १ छक्कासहित २३, अशोक पौडेल २५ र यश भाट १४ रनमा आउट भए ।

प्रदेश एकका दीपेश कंडेल, विपिन महतो र सोनु अन्सारीले दुई दुई विकेट लिए । अभिन्नय राजवंशी र आषिश मगरले एक एक विकेट लिए । बागमती २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिमको २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण शीर्ष स्थानमा छ ।

बागमतीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ७४ रनले हराएको थियो । बागमतीले शनिबार मुलपानी मैदानमा मधेशसँग खेल्नेछ । यता प्रदेश एकले पहिलो खेलमा गण्डकी प्रदेशलाई २१ रनले हराएको थियो । प्रदेश एकले अव सोमबार सुदूरसँग टियु मैदानमा खेल्नेछ ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.