default_image

1 year ago

November 27, 2022

युनिसको पाँच विकेटमा कर्णालीलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर युनिस विक्रम सिंहको पाँच विकेटमा मधेश प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेश ४१.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो । मधेशका ओपनर शैलेन्द्र शाहले ४८ बलमा ५ चौकासहित […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर युनिस विक्रम सिंहको पाँच विकेटमा मधेश प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेश ४१.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो । मधेशका ओपनर शैलेन्द्र शाहले ४८ बलमा ५ चौकासहित सर्वाधिक ३१ रनमा आउट भए । मयन यादव ३२ बलमा ३ चौकासहित १८ रनमा आउट भए ।

मधेशलाई ओपनर यादव र शाहले ११.३ ओभरमा ४५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एक समय मधेश १५.५ ओभरमा ७४–२ को बलियो अवस्थामा थियो । त्यसपछि मध्यक्रममा युनिसले लगातार विकेट लिँदै धरासयी बनाए । मेगराज सिंह १६, इमरान शेख ५, शरफराज मन्सुरी ८२ बलमा १५ रन र डब्लू मलिक १५ रनमा आउट भए ।

कर्णालीका युनिस विक्रम सिंहले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर ५ विकेट लिए । मोहन विकले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । अवास सिंहले ६.५ ओभरमा ३ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए । गनेश डाडेलले एक विकेट लिए ।

April 25, 2024

कर्णालीको जितमा छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.