default_image

1 year ago

November 28, 2022

पैसा तिर्न नसकेपछि प्रतियोगिता स्थगित, टिम होटेलभित्र राखेर तालावन्दी

काठमाडौं (हाम्रो खेलकुद) – प्रादेशिक क्रिकेट संघ एककाे आयोजनामा विराटनगरको बैजनाथपुरमा जारी नेपालका तीन विभागीय सहित ६ सम्मिलित सगरमाथा टि२० कप पैसा तिर्न नसकेपछि बिचमै स्थगित भएको छ । मंसिर ७ देखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोली, आयोजक प्रदेश एक र दुई भारतीय टोली ध्रुब क्रिकेट एकेडेमी र इस्ट सन्ट्रल रेलवे गरि ६ टोली […]

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रादेशिक क्रिकेट संघ एककाे आयोजनामा विराटनगरको बैजनाथपुरमा जारी नेपालका तीन विभागीय सहित ६ सम्मिलित सगरमाथा टि२० कप पैसा तिर्न नसकेपछि बिचमै स्थगित भएको छ ।

मंसिर ७ देखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोली, आयोजक प्रदेश एक र दुई भारतीय टोली ध्रुब क्रिकेट एकेडेमी र इस्ट सन्ट्रल रेलवे गरि ६ टोली सहभागी थिए । प्रतियोगिताको १० खेल सम्पन्न भइसकेको थियो । आइतबारसम्म खेल भएपनि पैसा तिर्न नसकेपछि सोमबारबाट भने प्रतियोगिता स्थगित भएको छ ।

प्रायोजकको रुपमा जिम्मा पाएको लेभिन स्पोर्ट्सले पैसा तिर्न नसकेपछि प्रतियोगिता नै स्थगित भएको छ । यस प्रतियोगिताको लागि विभिन्न प्रतियोगिता लाइभ स्ट्रिम गर्दै आएको फ्यानकोड प्रमुख प्रयोजकको रुपमा रहने बताइएको थियो । पछि डाफान्युज प्रमुख प्रायोजक भएको जनाएको थियो । तर लेभिन स्पोर्ट्सका निर्देशक रोशन धिताललाई प्रायोजकले पैसा नदिने भनेपछि प्रतियोगिता नै स्थगित भएको छ ।

प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने तथा विजेताले तीन लाख र उपविजेताले एक लाख पाइने बताइएको थियो । फाइनल मंसिर १७ मा हुने बताइएको थियो । तर प्रायोजकले प्रतियोगितालाई पैसा नदिने भनेपछि स्थगित भएको प्रदेश एकका सचिव मनोज कटवालले जानकारी दिए ।

प्रदेश एक यस प्रतियोगिताको लागि आयोजकको रुपमा मात्रै बसेको कटवाल बताउँछन् । बाँकी सम्पूर्ण खर्च लेभिनले नै तिर्ने शर्त भएको बताए । रोशनले डाफा न्यूज र फ्यान कोड प्रायोजक खोजेका थिए । तर उनीहरुले पैसा नदिने भएपछि प्रतियोगितानै स्थगित भएको हो । केहि टिमका खेलाडी, अम्पायर, म्याच रेफ्री भने अलपत्र परेका छन् । भारतीय टोली ध्रुव एकेडेमीलाई होटलले वाहिरबाट ताला लगाएको बुझिएको छ ।

‘जेनेरेटर के भएर अस्ति लाइभ भएन । त्यसपछि प्रायोजकले म पैसा दिँदैन भनेछ । प्रायोजक र लेभिनबीच ९० लाखको सम्झौता भएपनि रोशनले एक रुपैयाँ पनि पाएको छैन रे । त्यो भएपछि रोशनले प्रतियोगिता आयोजन गर्न सक्दिन भन्यो । त्यसपछि होटल देखि सबैले मानेका छैनन् । प्रतियोगिता स्थगित भयो’, कटवालले भने ।

‘रोशन हाम्रो सम्पर्कमै छन् । चेक दिँदा होटलवाला मानेको छैनन् । चेक काटेर दिन्छ । भारतमा गएर बस्यो । अनि बाउन्स भयो भने के गर्ने भन्ने प्रश्न उनीहरुको छ । रोशनले पैसा छैन चेक दिन्छु भनेका छन् । आगमी १२ दिनमा ४० प्रतिशत गर्दिन्छु । त्यसपछिको बाँकी तीन दिनमा सबै गर्दिन्छु भनेको छ’, कटवालले भने ।

प्रदेश एकले गत असोज ३० मा लेभिनसँग सम्झौता गर्दै एक पत्रकार सम्मेलन गरेर सगरमाथा कपसहित तीन प्रतियोगिता र एक अवार्ड कार्यक्रम गर्ने जानकारी दिएको थियो । कटवालको अनुसार रोशनले प्रदेशलाई नाफाको केहि प्रतिशत दिने सम्झौता भएको बताए ।

गत असोजमा भएको पत्रकार सम्मेलन

अहिले धिताललाई सबै होटलहरुले घेरेका छन् । पैसा कसरी तिर्ने छलफल भइरहेको कटवालले बताए । यस प्रतियोगिता म्याच फिक्सिङको कारण स्थगित भएको सम्म आरोप लागेको थियो । कटवालले म्याच फिक्सिङ एउटा कसैले हल्ला मात्रै चलाएको बताए । ध्रुब एकेडेमीको खेलाडीलाई भने बाहिरबाट ताला लगाइदिएको बुझिएको छ ।

यता म्याच रेफ्री समिर खान आफूहरु अलपत्र परेको बताउँछन् । आयोजकले आफूहरुलाई केहि नभनेको उनले बताए ।’ हाम्रो हिसाब किताव दिनु पर्यो । रामचन्द्र पाण्डे र स्कोर सुनिता नेपाली गरी हामी तीन जना बाहिरका छौं । हामीले हिसाब किताब गर्न एकजना स्थानीय भाईलाई पठाएका छौं’, म्याच रेफ्री समिर खानले भने ।

‘हामीलाई प्रायोजकले साथ छोडेपछि खेल हुँदैन भनेको छ । मैले हाम्रो होटलमा कुरा गरेर मिलेर पठाइदिए’, एपिएफका मुख्य प्रशिक्षक राजेश श्रेष्ठले भने । रोशनलाई सम्पर्क गर्न खोजेपनि उनी सम्पर्कमा भने आएनन् ।

लेभिनले नेपाल क्रिकेट संघ मिलेर थुप्रै अन्तर्राष्ट्रिय सिरिज भने आयोजना गरिसकेको छ । केहि महिनाअघि नेपालले पपुवा न्युगिनी र मलेसियासँग त्रिकोणात्मक टि२० आई खेलको सिरिज, पपुवा न्युगिनीसँगको ओडिआई सिरिज, महिला टोलीले युगान्डासँग पाँच टि२० आई खेलको सिरिज नेपाल र जिम्बावे ए सँगको तीन एकदिवसिय र टि२० अभ्यास खेलमा लेभिनले नै कर्मसियल, टिकेटिङ र ब्रोडकास्टिङ राइट्स लिएको थियो । तर क्यानसँग पनि पछिल्लो समय आर्थिक लेनदेनमा समस्या उत्पन्न भएको स्रोतले जनाएको छ ।

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

April 23, 2024

राजस्थानको जितमा यशस्वीको शतक

एजेन्सी – यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि […]

Success

Thank you for your time.