default_image

1 year ago

November 29, 2022

सक्रियको पाँच विकेटमा बागमतीलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सक्रिय कार्कीको पाँच विकेटमा कर्णाली प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई १ सय ३१ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णाली ३६.२ ओभरमा १ सय ३० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा विकेटकिपर विपिन रावलले ९२ […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सक्रिय कार्कीको पाँच विकेटमा कर्णाली प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई १ सय ३१ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णाली ३६.२ ओभरमा १ सय ३० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा विकेटकिपर विपिन रावलले ९२ बलमा ९ चौकासहित सर्वाधिक ६८ रन बनाए । विपिन सक्रिय कार्कीको बलमा एज लागेर विकेटकिपर उत्तम मगरबाट आउट भए ।

कर्णालीले आजको खेलमा पनि राम्रो सुरुवात गरेको थियो । ओपनर मनिश थापा र विपिनले ८ ओभरमा ३७ रनको साझेदारी गरेका थिए । अहमद राजाको बलमा मनिश लक्की कठायतबाट २५ रनमा क्याच आउट भए । मनिशले ३४ बलमा ४ चौका हाने ।

त्यसपछिका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । खराब सटका कारण लगातार विकेट गुमाए । सुवास ऐर शून्य, अवास शाह ४, अनिरुध कुँवर ११, दीनेश अधिकारी ५, सन्दीप शाही एक, मोहन विक र अनुज चनाराले खाता खोल्न सकेनन् ।

बागमती प्रदेशका सक्रिय कार्कीले ७.२ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ५ विकेट लिए । अहमद राजाले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । ओमकार यादव र अभिषेक कोइरालाले एक एक विकेट लिए ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.