default_image

1 year ago

November 29, 2022

बागमतीको लगातार चौथो जित, तीन टोली बाहिरिए

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले वाई वाई यु१९ राष्ट्रिय प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ । बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा ओपनर लक्की कठायत ९२ बलमा ८ चौकासहित […]

138 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले वाई वाई यु१९ राष्ट्रिय प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ । बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा ओपनर लक्की कठायत ९२ बलमा ८ चौकासहित ५१ रनमा अविजित रहे । कप्तान अशोक पौडेल ६४ बलमा ७ चौका र १ छक्कासहित ५९ रनमा आउट भए ।

ओपनर सक्षम बास्ताकोटी दुई र उत्तमथापा मगर एक रनमा आउट हुँदा बागमती २२-२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि लक्की कठायत र अशोक पौडेलले १ सय ५ रनको शतकीय साझेदारी गर्दै सहज जित दिलाए ।

योगेश भाट २ रनमा अविजित रहे । कर्णालीका अनुज चनारा, युनिस सिंह र अवास शाहले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णाली ३६.२ ओभरमा १ सय ३० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा विकेटकिपर विपिन रावलले ९२ बलमा ९ चौकासहित सर्वाधिक ६८ रन बनाए । विपिन सक्रिय कार्कीको बलमा एज लागेर विकेटकिपर उत्तम मगरबाट आउट भए ।

कर्णालीले आजको खेलमा पनि राम्रो सुरुवात गरेको थियो । ओपनर मनिश थापा र विपिनले ८ ओभरमा ३७ रनको साझेदारी गरेका थिए । अहमद राजाको बलमा मनिश लक्की कठायतबाट २५ रनमा क्याच आउट भए । मनिशले ३४ बलमा ४ चौका हाने ।

त्यसपछिका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । खराब सटका कारण लगातार विकेट गुमाए । सुवास ऐर शून्य, अवास शाह ४, अनिरुध कुँवर ११, दीनेश अधिकारी ५, सन्दीप शाही एक, मोहन विक र अनुज चनाराले खाता खोल्न सकेनन् ।

बागमती प्रदेशका सक्रिय कार्कीले ७.२ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ५ विकेट लिए । अहमद राजाले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । ओमकार यादव र अभिषेक कोइरालाले एक एक विकेट लिए ।

अंक तालिका
बागमती ४ खेलमा ८ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । सुदूरपश्चिम ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । सुदूर र बागमती फाइनल नजिक छन् । लुम्बिनी ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

लुम्बिनी फाइनलमा पुग्न बाँकी सबै खेल फराकिलो अन्तरले जित्नुपर्छ । साथै बागमती र सुदूरको नतिजामा पनि भर पर्नुपर्ने हुनछ । प्रदेश एक ४ खेलमा २ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । प्रदेश एकको फाइनल सम्भावना झिनो अंकगणीतिय छ । बाँकी सबै खेल जित्नुको साथै बागमती, लुम्बिनी र सुदूरले दुई दुई खेल हार्नुपर्छ ।

कर्णाली ४ खेलमा १ मा जित र ३ मा हारका साथ दुई खेल अगावै बाहिरिएको छ । गण्डकी ४ खेलमा जित विहीन हुँदै दुई खेल अगावै बाहिरिएको छ । मधेश ३ खेलमा सबैमा हारका साथ बाहिरिएको छ । सिंगल राउन्ड रोविनपछि शीर्ष दुई टोली मंसिर १९ मा फाइनल खेल्नेछन् ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.