default_image

1 year ago

December 1, 2022

सुवासको ६ विकेटमा गण्डकीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान तथा स्पिनर सुवास भण्डारीको ६ विकेटमा गण्डकी प्रदेशले वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ९ रनले हराउँदै पहिलो जित हात पारेको छ । जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा १ सय २५ रनमा अल आउट भयो । कर्णालीका सुवास ऐरले ३६ […]

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान तथा स्पिनर सुवास भण्डारीको ६ विकेटमा गण्डकी प्रदेशले वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ९ रनले हराउँदै पहिलो जित हात पारेको छ ।

जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा १ सय २५ रनमा अल आउट भयो । कर्णालीका सुवास ऐरले ३६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । ओपनर मनिष थापा १८, विपिन रावल १९ र युनिश सिंह १२ रनमा आउट भए ।

गण्डकीका सुवास भण्डरीले १० ओभरमा ३ मेडनसहित २७ रन खर्चेर ६ विकेट लिए । जारी प्रतियोगितामा ६ विकेट लिने उनी दोस्रो बलर हुन् । यसअघि सुदूरपश्चिम प्रदेशका बायाँ हाते अर्थोडक्स स्पिनर मिलन बोहराले ९.५ ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ६ विकेट लिएका थिए ।

सुवास भण्डारी जारी प्रतियोगितामा ५ खेलमा १३ विकेटका साथ शीर्ष स्थानमा संयुक्त रुपमा छन् । प्रदेश एकका दीपेश कंडेल पनि १३ विकेटका साथ शीर्ष स्थानमा छन् । सिब्रिन श्रेष्ठले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । गण्डकीका ओपनर गोविन्द विकले ८७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा आउट भए ।

अर्जुन कुमाल १ सय ६ बलमा ३ चौकासहित ५० रनमा आउट भए । पहिलो विकेटका लागि अर्जुन र गोविन्दले २५.५ ओभरमा ९५ रनको साझेदारी गरेका थिए । विकेटकिपर दीपक ड्रुमे २७ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा रन आउट भए । सिब्रिन श्रेष्ठ २६, करण पंगेनी १० र सुवास भण्डारी २१ रन बनाए ।

कर्णालीका अवास शाहले सर्वाधिक तीन विकेट लिए । मोहन विकले दुई विकेट लिए । गण्डकीले आफ्नो अन्तिम खेल शुक्रबार टियु क्रिकेट मैदानमा मधेशसँग खेल्नेछ ।

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

Success

Thank you for your time.