default_image

1 year ago

December 2, 2022

नेपालको सम्भावित प्लेइङ ११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा सुरु हुनेछ । शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने ग्लोबल छनोट सिधैं खेल्न नेपाललाई बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । तर नामिबियालाई उसकै घरेलु मैदानमा […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा सुरु हुनेछ ।

शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने ग्लोबल छनोट सिधैं खेल्न नेपाललाई बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । तर नामिबियालाई उसकै घरेलु मैदानमा हराउन सहज भने हुनेछैन । नेपालले उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । ओडिआईमा नेपालले नामिबियासँग दुई खेल खेल्दा जित विहीनछ । नेपाल तेस्रो खेलमा नामिबियालाई हराउन चाहन्छ ।

नामिबियामा तीव्र गतिका बलरलाई बढी फाइदा मिल्ने गर्दछ । नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो । तीव्र गतिका बलर हाबी बनेका थिए ।

नामिबियालाई २ सय ११ रनमा रोक्न स्कटल्यान्डका डेब्यू खेल खेलेका तीव्र बलर ब्रेन्डन म्येकमलेन १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । अर्का तीव्र गतिका बलर शफ्यान शरिफले १० ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ३ विकेट लिएका थिए । त्यसैले नामिबियाको पिचलाई ध्यानमा राख्दै नेपालले प्लेइङ निर्धारण गर्नेछ ।

युवा ब्याटर अर्जुन साउद र आसिफ शेख नेपालले ओपनरको रुपमा मैदान उत्रनेछन् । नेपालसँग कुशल भुर्तेल ओपनरको रुपमा छन् । तर नेपालले पछिल्लो समय युएईसँग तीन ओडिआई खेलमा घरेलु मैदान टियुमा अर्जुन र आसिफलाई ओपनरको रुपमा मैदान उतारेको थियो ।

यहीँ जोडीलाई निरन्तरता दिनसक्छ । अर्जुन र आसिफ मध्य एकको भूमिका इनिङ अन्तिम सम्म लैजाने हुनेछ । अर्जुन आक्रामक सुरुवात गर्न खोज्नेछन् । आक्रामक सुरुवातमा विकेट सस्तैमा गुम्न पनि सक्छ ।

सुरुवात प्रदर्शनले अन्य ब्याटर र योगफलमा भर पर्छ । त्यसैले ओपनरबाट नेपाल कम्तिमा सुरुवाती १० ओभर सम्म विकेट गुमाउन चाहँदैन । त्यसपछि तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल हुनेछन् । ज्ञानेन्द्रलाई नामिबिया कन्डिसनको बारे नेपालबाट सर्वाधिक जानकारी छ । अर्कोतर्फ प्रमुख ब्याटर हुँदा ज्ञानेन्द्रबाट नेपाल ठूलो इनिङ चाहन्छ । ज्ञानेन्द्र राम्रो सुरुवात दिलाउँदै आउट हुँदै आएका छन् । ज्ञानेन्द्रबाट त्यो सुरुवात ठूलो इनिङ चाहन्छ । त्यसपछि नेपालको सुरुवातमा अन्य ब्याटर निर्भर हुनेछ ।

युवा ब्याटर रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन् । २०१८ को डिभिजन टु मा नेपालबाट सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने रोहितनै थिए । रोहितलाई त्यहाँको कन्डिसनको बारे थाहा छ ।

रोहितले जिम्मेवारी पनि लिनुपर्छ । पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । राम्रो सुरुवात पाउँदा नेपाल उनीबाट विष्फोटक ब्याटिङ चाहन्छ । दीपेन्द्र राम्रो लयमा छन् ।

छैटौं नम्बरमा आरिफ शेख हुनेछन् । २०१८ मा आरिफले नामिबियामा सानदार प्रदर्शन गरेका थिए । ओडिआईमा आरिफले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आरिफ तीव्र गतिका बलर विकल्प पनि हुन् ।

सातौं नम्बरमा नेपालले कुशल भुर्तेललाई खेलाउने छ । यदि कुशललाई ओपनिङ गराएमा अर्जुन साउद त्यो भूमिकामा हुनेछन् । गुलशन झालाई नेपालले निरन्तरता दिनेछन् ।

गुलशन र नन्दन यादव मध्य एकलाई खेलाउनु पर्ने हुन्छ । युएईसँग सिरिजमा राम्रो प्रदर्शन गरेका हुँदा गुलशनलाई मौका दिनसक्छ । गुलशनसँग गती छ । जुन नामिबियाको पिचमा फाइदाजनक हुनसक्छ । टोलीमा उनी बायाँ हाते ब्याटरको भूमिका निर्वाह गर्न सक्छन् ।

नवौं र १० औं नम्बरमा सोमपाल कामी र करण केसी हुनेछन् । करण र सोमपाल टोलीका प्रमुख हतियार हुन् । यी दुई जोडीबाट उत्कृष्ट बलिङ चाहन्छ । यी दुबै ब्याटर उत्कृष्ट ब्याटिङका लागि चिनिन्छन् । नेपालले प्रमुख स्पिनर एक मात्रै खेलाउने सम्भावना छ । त्यसमा सागर ढकाल र ललित नारायण राजवंशी मध्य एक हुनेछन् ।

सागर ढकाललाई मौका दिनसक्छ । सागरले अभ्यास खेलमा दिल्लीविरुद्ध पाँच विकेट लिएका थिए । दोस्रो स्पिनरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । कुशल भुर्तेलले लेगस्पिनमा राम्रो प्रदर्शन गर्दै आएको हुँदा उनी पनि विकल्प हुनसक्छन् ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, करण केसी र सागर ढकाल ।

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.