default_image

1 year ago

December 2, 2022

नेपालले टस हार्यो, करण बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा नामिबियाका कप्तान गेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ । करणलाई बेन्चमा राख्दा […]

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा नामिबियाका कप्तान गेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ । करणलाई बेन्चमा राख्दा नेपालले मैदानमा दुई स्पिनर मैदान उतारेको छ । आजको खेलमा नेपालले करण केसी, नन्दन यादव र हरिशंकर शाहलाई बेन्चमा राखेको छ ।

शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने ग्लोबल छनोट सिधैं खेल्न नेपाललाई बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । तर नामिबियालाई उसकै घरेलु मैदानमा हराउन सहज भने हुनेछैन । नेपालले उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।

ओडिआईमा नेपालले नामिबियासँग दुई खेल खेल्दा जित विहीनछ । नेपाल तेस्रो खेलमा नामिबियालाई हराउन चाहन्छ । नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो । तीव्र गतिका बलर हाबी बनेका थिए ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल ।

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

Success

Thank you for your time.