default_image

1 year ago

December 2, 2022

कप्तान रोहित रन आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध मध्यम ब्याटिङ गरेको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै ८८ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ४३ बलमा ३ चौका र १ छक्कासहित ३२ र आरिफ शेख ४ […]

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध मध्यम ब्याटिङ गरेको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै ८८ रन बनाएको छ ।

ज्ञानेन्द्र मल्ल ४३ बलमा ३ चौका र १ छक्कासहित ३२ र आरिफ शेख ४ रनमा क्रिजमा छन् । नेपाललाई ओपनर आसिफ शेख र अर्जुन साउदले पहिलो विकेटका लागि ९.५ ओभरमा ३१ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए । स्पिनर बेर्नार्ड शोल्ट्जको बलमा अर्जुन १८ रनमा रन बोल्ड भए । ४२ बल खेलेका अर्जुनले २ चौका प्रहार गरे ।

आसिफ कप्तान जेरार्ड इरास्मसको बलमा आसिफ शेख २० रनमा क्याच आउट भए । आसिफ ४६ बलमा २ चौका प्रहार गरे । २५ औं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेल १० रनमा रन आउट भए । दुई रन लिनेक्रममा ज्ञानेन्द्र मल्लसँग तालमेल नमिलेपछि रन आउट भएका हुन् ।

दोस्रो रनको लागि ज्ञानेन्द्रले सुरुमा लिन चाहेपनि पछि अस्वीकार गरेका थिए । तर त्यो समय सम्म रोहित नन स्ट्राइकमा पुगेका थिए । पुन फर्किनेक्रममा रोहित रन आउटको शिकार बन्न पुगे । नेपालले यस खेलमा करण केसी, नन्दन यादव र हरिशंकर शाहलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल ।

March 29, 2024

धनगढी र सिइसीको लगातार दोस्रो जित

सुमन अधिकारी, बुटवल धनगढी क्रिकेट क्लब र पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) काठमाण्डौ रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा शुक्रबार विजयी भएका छन् । समुह बी मा रहेका यी दुवै टोलीले लगातार दुई खेलमा जित हात पारेका छन् । पहिलो खेलमा धनगढी क्रिकेट क्लबले सेन्टर क्रिकेट एकेडेमी कास्कीलाई ३ विकेटले […]

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

Success

Thank you for your time.