default_image

1 year ago

December 2, 2022

वर्षाको कारण नेपाल र नामिबियाको खेल प्रभावित

एजेन्सी – आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र नामिबियिाबीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । नेपालले घरेलु टोली नामिबियालाई १ सय ९८ रनको मध्यम विजयी लक्ष्य दिएको छ । तर वर्षाको कारण नामिबियाले ४ बलमा ४ रन बनाउँदा रोकिएको थियो । वर्षाको कारण एक घण्टा भन्दा बढी समय हुँदा नामिबियाको दोस्रो […]

96 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र नामिबियिाबीचको खेल वर्षाको कारण प्रभावित बनेको छ ।

नेपालले घरेलु टोली नामिबियालाई १ सय ९८ रनको मध्यम विजयी लक्ष्य दिएको छ । तर वर्षाको कारण नामिबियाले ४ बलमा ४ रन बनाउँदा रोकिएको थियो । वर्षाको कारण एक घण्टा भन्दा बढी समय हुँदा नामिबियाको दोस्रो इनिङ पुन सुरु हुन सकेको छैन ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले ९४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । ज्ञानेन्द्रको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो ।

एक समय नेपाल ३९.२ ओभरमा १५१–३ को बलियो अवस्थामा थियो । तर आरिफ आउट भएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । अन्तिम ७ विकेट नेपालले मात्रै ४६ रनमा गुमाएको थियो ।

नामिबियाका कार्ल बिरकेनस्टोकले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । टांगेनी लंगामेनीले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । जेरार्ड इरास्मस, बेर्नार्ड शोल्ट्ज र जेजे स्मितले एक एक विकेट लिए ।

राम्रो अन्त्य गर्न नसक्दा नेपाल मध्यम योगफलमै रोकियो

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.