default_image

1 year ago

December 3, 2022

मधेशलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता लुम्बिनी प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई ५८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । ७ प्रदेश सहभागी प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजेता र लुम्बिनी उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको मधेश ४५.४ ओभरमा १ सय ६४ रनमा अल […]

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता लुम्बिनी प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई ५८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । ७ प्रदेश सहभागी प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजेता र लुम्बिनी उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको मधेश ४५.४ ओभरमा १ सय ६४ रनमा अल आउट भयो । मधेशका मयन यादवले ४५ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । मयनलाई तीव्र गतिका बलर नर सार्कीको दोस्रो बलमै देव खनालले शून्यमा क्याच ड्रप गर्दै जीवनदान दिलाए ।

मधेशलाई ओपनर मेघराज राम र मयनले ६.२ ओभरमा २६ रनको साझेदारी गरेका थिए । मेघराज स्पिनर निर्मल गुरुङको बलमा ४ रनमा एलबीडब्लू आउट भए । दोस्रो विकेटका लागि मयन यादव र अली अन्सारीले ४१ रनको साझेदारी गरे । अन्सारी विशाल विक्रम केसीको बलमा नर सार्कीबाट क्याच आउट हुनुअघि ७४ बलमा ३ चौकासहित २२ रनमा आउट भए ।

इमरान शेखलाई बायाँ हाते स्पिनर अभिषेक गौतमले ४ रनमा बोल्ड गरे । शैलेन्द्र शाह १०, डब्लू मलिक १८, अभिषेक गौतम ५ रनमा आउट भए । सरफराज मनसुरीले ५८ बलमा ३ चौकासहित ३१ रन र निकेश गुप्ता १० रनमा आउट भए ।

लुम्बिनी प्रदेशका विशाल विक्रम केसीले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । स्पिनर अभिषेक गौतमले १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । दुर्गेश गुप्ता, तुलबहादुर थापा, नर सार्की र निर्मल गुरुङले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । लुम्बिनीका प्रज्ज्वल थापाले १ सय २८ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको योगदान दिए ।

लुम्बिनीबाट सिनियर प्रतियोगिता खेलि सकेका प्रज्ज्वलको यो करिअरको उत्कृष्ट प्रदर्शन हो । प्रज्ज्वल स्पिनर निकेश गुप्ताको बलमा ठूलो सट खेल्ने धुनमा बोल्ड आउट भए ।

एक समय लुम्बिनी ६२-४ को कमजोर अवस्थामा थियो । पाँचौं विकेटका लागि विशाल भुषाल र प्रज्ज्वलले ३३ रनको साझेदारी गरेका थिए । भुषाल १३ रनमा रन आउट भए । छैटौं विकेटका लागि प्रज्ज्वल र निर्मल गुरुङले ३८ रनको साझेदारी गरे ।

निर्मल तीव्र गतिका बलर नितेश यादवको ३८ औं ओभरको दोस्रो बलमा १३ रनमा बोल्ड भए । त्यसअघिको पहिलो बलमा निर्मललाई बलले हेल्मेटमा लागेको थियो ।

ओपनर आकाश त्रिपाठीले ३६ बलमा ३ चौकासहित २३, देव खनाल ११, विशाल विक्रम केसी १ र सुनिल भण्डारी शून्यमा आउट भए । लगातार कमजोर प्रदर्शन गर्दै आएका देव खनाल अब्जित मण्डलको बलमा बोल्ड भएका थिए ।

लुम्बिनीलाई १० औं नम्बरका ब्याटर नर सार्कीले १४ बलमा २ चौका र २ छक्कासहित २६ रन जोड्दै राम्रो अन्त्य गरे । नरले तीव्र गतिका बलर अब्जित मण्डललाई अन्तिम ओभरको सुरुवाती दुई बलमा लगातार छक्का हानेका थिए । चौथो बलमा चौका हान्दै राम्रो योगफलमा पुर्याए ।

मधेशका स्पिनर निकेश गुप्ताले १० ओभरमा २ मेडन राख्दै ४२ रन खर्चेर ३ विकेट लिए । नितेश यादव र अभिषेक तिवारीले दुई दुई विकेट लिए । लिगमा लुम्बिनी पहिलो खेलमा सुदूरपश्चिमसँग एक सय रनले हारेको थियो । त्यसपछि भने लगातार जितका साथ फाइनलमा स्थान बनायो ।

सुदूरपश्चिम ६ खेलमा अपराजित रहँदै १२ अंकका साथ शीर्ष स्थानमा रह्यो । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा रह्यो । बागमती ६ खेलमा ४ मा जित र २ मा हारका साथ ८ अंक हुँदै तेस्रो स्थानमा रहेर बाहिरियो । बागमती सुरुवाती चार खेलमा विजयी भएपनि त्यसपछि लगातार दुई खेल हार्दै बाहिरिएको हो ।

गत वर्ष फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई नै १ सय १३ रनले हराउँदै उपाधि जितेको थियो । यस प्रतियोगिता विजेताले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल सोमबार हुनेछ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.