default_image

1 year ago

December 5, 2022

लुम्बिनीलाई हराउँदै सुदूरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले वाईवाई यू१९ राष्ट्रिय प्रतियोगिता फाइनलमा साविक विजेता लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरका गजेन्द्र बोहरा १९ बलमा ६ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे । ओपनर दीपक […]

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले वाईवाई यू१९ राष्ट्रिय प्रतियोगिता फाइनलमा साविक विजेता लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ ।


जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरका गजेन्द्र बोहरा १९ बलमा ६ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे । ओपनर दीपक बोहरा दोेस्रो बलमै निर्मल गुरुङको बलमा शून्यमा बोल्ड भए ।

अर्का ओपनर दीपक बोहरा ३६ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट भए । कप्तान अनुराग सिंह ३९ बलमा ४ चौकासहित २२ र मिलन बोहरा ६ रनमा आउट भए ।

गजेन्द्र बोहराले काउकर्नरमा अभिषेक गौतमलाई विजयी छक्का हानेका थिए । लुम्बिनी प्रदेशका रमेश कुमीले दुई, अभिषेक गौतम र निर्मल गुरुङले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी २९.१ ओभरमा ९२ रनमा अल आउट भएको थियो । लुम्बिनीका आकाश त्रिपाठीले ६९ बलमा २ चौकासहित सर्वाधिक ३८ रनमा आउट भए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लज्जास्पद ब्याटिङ गर्नेक्रममा लुम्बिनीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्य चार खेलाडीले खाता खोल्न सकेनन् ।

टियु एन्डबाट आएका मिलन बोहराले पाँच विकेट लिँदै सस्तैमा रोकेका हुन् । तीव्र गतिका बलर हेमन्त धामीले ओपनर देव खनाललाई सातौं ओभरको पाँचौं बलमा ७ रनमा एलबीडब्लू आउट भए । पहिलो विकेट जादा लुम्बिनीले २७ रन बनाएको थियो । त्यसपछि लुम्बिनीले लगातार विकेट गुमायो ।

हेमन्तले प्रज्ज्वल थापालाई ५ रनमा बोल्ड भए । अकाश चन्दले मनोज मगरलाई एक रनमा बोल्ड गरे । त्यसपछि मिलन बोहराले दयनीय अवस्थामा पुर्याए । मिलनले विशाल विक्रम केसीलाई ७ रनमा बोल्ड गरे । मिलनले अभिषेक गौतमलाई शून्यमा बोल्ड गर्दै पाँच विकेट पूरा गरेका थिए । जारी प्रतियोगितामा मिलनको यो दोस्रो पाँच विकेट हो ।

यसअघि गण्डकीविरुद्ध उनले ६ विकेट लिएका थिए । सुदूरका मिलन बोहराले ९ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए । नरेन साउदले ५. १ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले दुई र आकाश चन्दले एक विकेट लिए ।

विजेता सुदूरले दुई लाख र उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । गतवर्ष फाइनलमा लुम्बिनीले सुदूरलाई हराउँदै उपाधि जितेको थियो । सुदूर यस प्रतियोगितामा अपराजित रहँदै फाइनल खेलेको थियो । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रहँदै फाइनल खेलेको थियो ।

April 17, 2024

आइपिएलमा दिल्लीसँग गुजरातको हार

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि […]

April 17, 2024

आशुतोषको शतकमा बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – आशुतोष गिरहियाको सानदार शतकमा बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हात पारेको छ । बागमतीले बुधबार गण्डकी प्रदेशलाई ६७ रनको सहज नतिजामा हराएको हो । गण्डकीको यो लगातार दोस्रो हार हो । माथिल्लो मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट […]

April 17, 2024

मधेश प्रदेशको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा मधेश प्रदेशले लगातार दोस्रो जित निकालेको छ । मयान यादव र अरनिको यादवले अर्धशतकीय पारी खेल्दा मधेशले बुधबार लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्यो । माथिल्लो मुलपानी क्रिकेटमा मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोज्यो । मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै […]

Success

Thank you for your time.