default_image

1 year ago

December 7, 2022

बंगलादेशलाई भारतविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली बंगलादेशले एक खेल अगावै भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ । मिरपुरमा बुधबार भएको दोस्रो एकदिवसीय खेलमा भारतमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले सिरिज आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा पनि बंगलादेशले भारतलाई १ विकेटले पराजित गरेको थियो । जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य […]

59 views

0 Bookmark

एजेन्सी – घरेलु टोली बंगलादेशले एक खेल अगावै भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ ।

मिरपुरमा बुधबार भएको दोस्रो एकदिवसीय खेलमा भारतमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले सिरिज आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा पनि बंगलादेशले भारतलाई १ विकेटले पराजित गरेको थियो ।

जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९ विकेट गुमाएर २ सय ६६ रनमात्र जोड्न सक्यो । श्रेयस अयरले सर्वाधिक ८२ रन तथा रोहित शर्माले अविजित ५१ रन बनाएपनि टोलीको हार टार्न सकेन । अक्षर पटेलले ५६ रनको योगदान दिए ।

ओपनर विराट कोहली ५ तथा शिखर धवन ८ रनमा आउट भएपछि भारत दवावमा आएको थियो । एक समय भारत ४–६५ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि श्रेयस अयर र अक्षर पटेलले पाँचौ विकेटका लागि १ सय ७ रनको शतकीय साझेदारी गरेपछि भारत जिततर्फ अघि बढेको थियो । तर, यि दुईको साझेदारी टुटेपछि ठुलो साझेदारी बन्न नसक्दा भारत पराजित हुन पुग्यो ।

वासिङटन सुन्दर ११ रनमा आउट भए । केएल राहुल १४ रनमा पेभेलियन फर्किए । शार्दुल ठाकुरले ७ रन बनाउँदा दीपक चहारले ११ रन बटुले । मोहम्मेद सिरजले २ रन बनाए ।

बंगलदेशका इवाडोट हुसेनले ३ तथा मेहेदी हसन मिराज र शकिव अल हसनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान र मामुदुल्लाहले समान १ विकेट लिए ।

त्यसअघि शेरे बंगला राष्ट्रिय रंगशाला मिरपुरमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर २ सय ७१ रन जोडेको थियो ।

कमजोर सुरुवात गरेपनि तल्लोक्रममा रहेका मेहेदी हसन मिराजले अविजित १ सय रनको पारी खेलेपछि बंगलादेशले सम्मानजनक योगफल खडा गरेको थियो । ८३ बल खेलेका उनले ८ चौका प्रहार गरे । मामुदुल्लाहले ९६ बलमा ७ चौकाको मद्दतमा ७७ रन बनाए ।

ओपनलर अनमुल हक ११ रनमा तथा कप्तान लिटन दास ७ रनमा आउट भए । नजमुल हुसेन सान्टो २१ रनमा आउट भए । शकिव अल हसनले ८ रन जोड्दा मुस्ताफिक रहमानले ११ रन बटुले ।

अफिफ हुसेन शुन्यमा आउट हुँदा नासुह अहमद १८ रनमा अविजित रहे । भारतका वासिङ्टन सुन्दरले ३ तथा माहम्मद सिराज र उमरन मलिकले समान २ विकेट लिए । तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ ।

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

Success

Thank you for your time.