default_image

1 year ago

December 7, 2022

नामिबियासँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोली नामिबियासँग पराजित भएको छ । नेपाल ८६ रनले पराजित भएको हो । जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रनमा समेटियो । कप्तान रोहित पौडेलले सर्वाधिक ४४ रन बनाएपनि अन्य ब्याटरबाट राम्रो […]

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोली नामिबियासँग पराजित भएको छ । नेपाल ८६ रनले पराजित भएको हो ।

जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रनमा समेटियो । कप्तान रोहित पौडेलले सर्वाधिक ४४ रन बनाएपनि अन्य ब्याटरबाट राम्रो प्रदर्शन हुन नसक्दा नेपाल कम योगफलमै समेटिन पुग्यो ।

ओपनर अर्जुन साउदले ५४ बल खेल्दा १ चौका र २ छक्काको मद्दतमा २९ रन जोडे । अर्का ओपनर कुशल भुर्तेल ३ रनमै आउट भए । आसिफ शेख ७ रनमा पेभेलियन फर्किए । ज्ञानेन्द्र मल्लले ३० रन जोडे ।

गुल्सन झा २ रनमा आउट भएपछि नेपाल दवावमा परेको थियो । दीपेन्द्र सिंह ऐरीले ३४ रन बटुले । आसिफ शेखले १८ रन जोड्दा सोमपाल कामी शुन्यमा आउट भए । ललित राजवंशीले ११ रन जोड्दा सागर ढकाले शुद्ययमा आउट भए ।

नामिवियाका जेजे स्मिथ, टांगेनी लुंगामेनी र पिक्की या फ्रान्सले समान २ विकेट लिए । रुवेन ट्रमपेलमान, बर्नाड सोल्ज र मिचेल भान लिंगेनले समान एक विकेट लिए ।

त्यसअघि युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्का प्रहार गरे ।

कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बटुले । ओपनर लो हान्ड्रे लोउरेन्सले १४ तथा अर्का ओपनर डिभान ला कुक १८ रनमा आउट भए । जेजे स्मिथ २ रनमा आउट भए ।

जाने ग्रीन रनमा तथा पिक्की या फ्रान्स रनमा अविजित रहे । नेपालका ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चदै ३ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चदै २ विकेट लिए । सागर ढकालले ६ ओभरमा २७ रन खर्चिएर १ विकेट हात पारे ।

नामिबिया भ्रमणमा नेपालकाे याे दाेस्राे हार हाे । यसअघि नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएकाे थियाे । वर्षाका कारण नामिवियासँगकाे पहिलाे खेल रद्व हुँदा अंक बाड्नुपरेकाे थियाे । नेपाल अन्तिम खेलमा हीबार स्कटल्याण्डसँग खेल्दै छ । 

अंक तालिका

स्कटल्यान्ड ३० खेलमा २१ मा जित र ७ मा हारकासाथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जितका साथ ३५ अंक जोड्दै तेस्रोमा छ । नामिबिया २९ खेलमा १७ मा जितका साथ ३५ अंक जोड्दै चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जितका साथ २७ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २३ खेलमा ८ मा जित र १३ मा हारसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जितका साथ पुछारमा छ ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.