default_image

1 year ago

December 8, 2022

स्कटल्यान्डसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । विहिबार विन्डोहेकमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा मात्र १७ ओभरमा पूरा गर्यो । आक्रामक सुरुवात गरेको स्कटल्यान्डका लागि जर्ज मुन्सेले २८ बलमा ७ चौका र २ छक्कासहित […]

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

विहिबार विन्डोहेकमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा मात्र १७ ओभरमा पूरा गर्यो । आक्रामक सुरुवात गरेको स्कटल्यान्डका लागि जर्ज मुन्सेले २८ बलमा ७ चौका र २ छक्कासहित ४५ रनको योगदान दिएका थिए । त्यस्तै अर्का ओपनर काइल कोट्जरले १४ बलमा ३ चौकासहित १६ रन जोडे ।

क्रिस्टोफर म्याकब्राइडले ४० बलमा ७ चौकाको सहयोगमा नटआउट ४६ रन जोडे । उनलाई कप्तान रिचार्ड बेरिंगटनले १२ रन जोड्दै अन्त्यसम्म साथ दिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुलशन झाले १-१ विकेट लिए ।

टस जितेर ब्याटिङ थालेको नेपाल ३५.३ ओभरमा मात्र १ सय १९ रन जोड्दै अलआउट भएको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४७ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । रोहितले ५७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । उनी २६ औं ओभरमा आठौं विकेटका रुपमा पेभेलियन फर्केका थिए ।

खेलको तेस्रो बलमै अर्जुन साउदलाई गुमाएको नेपालका लागि अर्का ओपनर आसिफ शेख पनि चौथो ओभरमा पेभेलियन फर्किए । ज्ञानेन्द्र मल्ल १६ बलम ९ रन जोड्दै आउट भएपछि नेपाल १६-३ को दयनीय अवस्थामा पुगेको थियो ।

त्यसपछि दीपेन्द्रसिंह ऐरी २१ बलमा १४ रन जोड्दै आउट भए । मध्यक्रममा आरिफ शेखले १६ बलमा ६ रन जोड्दा हरिशंकर शाहले १ रन मात्र बनाए । लगातार विकेट पतनसँगै नेपाललाई १ सय रन पार गराउन सोमपाल कमीले १६ र ललित राजवंशीले ११ रनको योगदान दिए ।

स्कटल्यान्डका ब्रेन्डन म्क्कुलेन, सफ्यान सरिफ र मार्क वाटले २-२ तथा क्रिस सोल, क्रिस्टोफर मक्ब्राइड र क्रिस ग्रिभ्सले १-१ विकेट लिए । जारी सिरिजको पहिलो खेल वर्षाका कारण रद्द हुँदा पछिल्ला दुई खेलमा नेपाल पराजित भएको छ । सिरिजको कुनै खेलमा नेपालले २ सय रन पार गरेन ।

यस हारसँगै नेपालको शीर्ष ३ मा पर्ने सम्भावना पातलिएको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अंक जोड्दै शीर्षस्थानमा छ । नेपाल भने २४ खेलमा १८ अंक जोड्दै पुछारबाट दोस्रोमा छ । नेपाल तेस्रो स्थानबाट अझै १९ अंक पछि छ ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.