default_image

1 year ago

January 25, 2023

एसपीएले लखनउमा क्रिकेट लिग खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले भारतको लखनउमा हुने छैटौं संस्करणको इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने भएको छ । जनवरी २७ देखि फेब्रुअरी २३ सम्म चल्ने लिगका लागि बुधबार कलेजले आफ्नो क्रिकेट टोलीको विदाई गरेको छ । कलेजका प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले एक कार्यक्रमबीच खेलाडी तथा अफिसियलहरुको विदाई गरेका […]

89 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले भारतको लखनउमा हुने छैटौं संस्करणको इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने भएको छ ।

जनवरी २७ देखि फेब्रुअरी २३ सम्म चल्ने लिगका लागि बुधबार कलेजले आफ्नो क्रिकेट टोलीको विदाई गरेको छ । कलेजका प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले एक कार्यक्रमबीच खेलाडी तथा अफिसियलहरुको विदाई गरेका थिए ।

एसपीए कलेजको टोलीमा बसन्त कार्की, विप्लव खड्का, निर्मल भाट, निशान रेग्मी, सागर साउद, अजयसिंह कडाल, सचिन साउद, सुर्य श्रेष्ठ, खगेन्द्र कुँवर, विशाल विष्ट, विरेन्द्र चन्द, गौरव गुरुङ, आशिष तुहार र विपिन रावल छन् । यस्तै अफिसियलमा भागीराम बखरिया, यज्ञराज जोशी र गोविन्द भट्ट रहेका छन् ।

विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका टोलीहरुले सहभागिता १६ टोलीको जनाउँदैछन् ।

प्रकाशित खेल तालिका अनुसार एसपीए कलेजले जनवरी २७ मा उत्तराखण्डको अमिनिटी पब्लिक स्कुल, जनवरी २९ मा जिम्बाबेको लेजेन्ड कम्बाइन्ड स्कुल र जनवरी ३० मा कोलकत्ताको साउथ सिटी इन्टरनेशनल स्कुलसँग लिग चरणका खेलहरु खेल्नेछ ।

लिगकम नकआउट फम्र्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा हुनेछ । खेल दिन रात हुनेछ । वेस्टइण्डिजका निकोलस पुरन, भारतको यू–१९ विश्वकप विजेता टोलीका सदस्य हिमान्सु राना, यू–१९ टोलीका सदस्यहरु दिवंशु जोशी, मयंक रावत, आइपीएल टोली सनराइजर्स हैदरावादका अविशेक शर्मा, राजस्थान रोल्सका अनुज रावत, मुम्बई इण्डियन्सका विपुर कृष्णलगायतले पनि उक्त क्रिकेट लिग खेलि सकेका छन् ।

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.