default_image

3 years ago

February 27, 2023

पपुवा न्युगिनीविरुद्ध कुशलको अर्धशतक

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कुशल भुर्तेलले ५९ बलमा अर्धशतक पूरा गरेका हुन् ।

जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ५९ बलमा ५ चौकासहित ५० रनमा अविजित छन् । उनलाई कप्तान रोहित पौडेलले २ रनमा साथ दिएका छन् ।

अर्का ओपनर आसिफ शेख ३९ बलमा ५ चौकासहित ४४ रनमा आउट भए । कुशल भुर्तेलसँग तालमेल नमिल्दा आसिफ रन आउट भएका थिए । पहिलो विकेटका लागि आसिफ र कुशलले ७६ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्ल नर्मन भानुआको १७ औं ओभरको अन्तिम बलमा १० बल खेल्दै चार रनमा बोल्ड आउट भए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो ।

पपुवा न्युगिनीका मध्यक्रमका ब्याटर चाद सोपरले ५३ बलमा २ चौकासहित ३६ रनमा अविजित रहे । नर्मन भानुआले १५ बलमा २ चौका र २ छक्कासहित २५ रन जोड्दै आउट भए । नेपालका गुलशन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.