2 years ago
March 26, 2023
एजेन्सी – घरेलु टोली नामिबियाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफको पहिलो खेलमा एकै खेलमा १४ छक्का हान्ने शीर्षक्रमका ब्याटर निकोलस डेविनलाई अमेरिकाविरुद्ध ओडिआई खेलमा डेब्यू दिएकोछ।
वान्डरर्स क्रिकेट मैदान विन्डहोकमा नामिबियाले टस जितेर पहिला फिल्डिङ गरि रहेको छ । अमेरिका १५.५ ओभरमा ६०-३ को अवस्थामा छ । जसमा २५ वर्षीय निकोलस डेविनलाई ओडिआईमा डेब्यू दिएको छ । नेपाल भ्रमणमा राम्रो प्रदर्शन गरेका कार्ल ब्रिकेनस्टकको स्थानमा नामिबियाले उनलाई डेब्यू दिएको हो ।
डेविनले २०२१ को मार्चमा घरेलु टि२० प्रतियोगितामा इमर्जिन्सी सर्भिसबाट बिए बलाष्टिङ नामिबियाविरुद्ध ५० बलमा ३ चौका र १४ छक्कासहित १ सय १५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । रुबेन ट्रम्पलम्यान, बेनार्ड श्कोलट्ज, जान निकोल लोफ्टी र कार्ल ब्रिकेनस्टक जस्ता बलरविरुद्ध उक्त विष्फोटक ब्याटिङ गरेका थिए ।
डेविनले २०१९ मा नामिबियाबाट १६ टि२० आई खेलमा एक अर्धशतकसहित २ सय ३५ रन बनाएका थिए । राम्रो प्रदर्शन गर्न नसकेपछि उनी टोलीबाट बाहिरिएका थिए । पुन टोलीमा फर्किदै ओडिआईमा डेब्यू पाएका हुन् ।
आइसिसी विश्वकप लिग २ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका थिए । नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफ खेलेका थिए । प्लेअफमा लिग २ का पुछारका चार टोलीसँगै च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा गरि कुल ६ टोली छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जुन १८ देखि ९ जुलाईसम्म जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । यो अन्तिम अवसर समेत हो । त्यस्तै पुछारका दुई टोली यूएई र पिएनजीले भने प्लेअफमार्फत ओडिआइ मान्यता जोगाउनु पर्नेछ । विश्वकप छनोटको प्लेअफ प्रतियोगिताले यूएई र पिएनजीसँगै च्यालेन्ज लिगबाट माथि आएका जर्सी र क्यानडाको आगामी चार वर्षको भविष्य निर्धारण गर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल ओडिआइ मान्यता प्राप्त हुनेछन् । विश्वकप छनोटको प्लेअफमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ । जहाँ यी टोलीले सुपर लिगको पुछारका ५ टोली र लिग-२ को शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । यसबाहेक प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि ओडिआइ मान्यता जोगाइसकेका छन् ।
तर यूएई र पिएनजीले ओडीआइ मान्यता जोगाउने हो भने क्यानडा र जर्सीभन्दा माथि रहेर लिगको अन्त्य गर्नुपर्नेछ । लिग २ मा नामिबियाले अमेरिकासँग खेलेका ६ मध्य ४ खेलमा जित हात पारेको थियो ।
नामिबियाको प्लेइङ ११ :
निकोलस डेविन, शन फौचे, माइकल भान लिंगेन, जेरार्ड इरास्म(कप्तान), जान निकोल लोफ्टी इआटन, मिचाउ डी प्रेज, जेन ग्रनी, पिक्की या फ्रान्स, रुबेन ट्रम्पलम्यान, बेनार्ड स्कोल्ट्ज र बेन शिकोंगो ।
अमेरिकाको प्लेइङ ११ :
स्टिभ टेलर, सुशान्त मोदानी, मोनांक पटेल(कप्तान), आरोन जोन्स, गजान्द सिंह, शयान जहानजिर, निसर्ग पटेल, जेसी सिंह, नोस्टुश केन्जिगे, सौरभ नेत्रवालकर र अलि खान ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् । यस खेलमा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो […]