3 years ago
March 26, 2023
एजेन्सी – ओपनर क्विन्टन डि ककको विष्फोटक शतकको सहयोगमा दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । दक्षिण अफ्रिका टि२० आई इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्ने कीर्तिमान कायम गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि २ सय ५९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो टि२० आई इतिहासकै उच्च योगफल पूरा भएको हो । यसअघि टि२० आईमा सर्वाधिक ठूलो लक्ष्य अष्ट्रेलियाले पूरा गरेको थियो । अष्ट्रेलियाले २०१८ मा न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।
उक्त विश्व कीर्तिमान दक्षिण अफ्रिकाले आज तोडेको हो । दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डि ककले ४४ बलमा ९ चौका र ८ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेले । अर्का ओपनर रिजा हेन्ड्रिक्स २८ बलमा ११ चौका र २ छक्कासहित ६८ रनमा आउट भए । पहिलो विकेटका लागि रिजा र डि ककले १०.५ ओभरमा १ सय ५२ रनको विष्फोटक शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

राइली रोसोउ १६ र डेविड मिलर १० रनमा आउट भए । कप्तान एडेन माक्ररम २१ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा अविजित रहे । हेनरिक क्लासेन ७ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे । वेस्टइन्डिजका जेसन होल्डर, ओडेन स्मिथ, रायमन रिफर र रोभम्यान पावेलले एक एक विकेट लिए ।
त्यसअघि सुपर स्पोर्ट्स पार्क सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । यो वेस्टइन्डिजको टि२० आई इतिहासकै उच्च योगफल थियो । यसअघि वेस्टइन्डिजको टि२० आईमा उच्च योगफल २०१६ मा भारतविरुद्ध २ सय ४५ रन थियो ।

वेस्टइन्डिजका तेस्रो नम्बरका ब्याटर जोनसन चार्ल्सले ४६ बलमा १० चौका र ११ छक्कासहित १ सय १८ रनको विष्फोटक शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन्। चार्ल्सले ३९ बलमा शतक हान्दै वेस्टइन्डिजबाट टि२० आईमा सर्वाधिक छिटो शतक हान्ने ब्याटरको कीर्तिमान कायम गरेका थिए ।
सिसान्डा मगलालाई १३ औं ओभरको चौथो बलमा छक्का हान्दै उनले टि२० आई करिअरको पहिलो शतक पूरा गरेका थिए । उनी अघि क्रिस गेलले वेस्टइन्डिजबाट टि२० आईमा सर्वाधिक छिटो २०१६ मा इंग्ल्यान्डविरुद्ध मुम्बईमा ४७ बलमा शतक पूरा गरेका थिए ।
ओपनर ब्रेन्डन किंग तेस्रो बलमै एक रनमा क्याच आउट भएका थिए । तर दोस्रो विकेटका लागि चाल्र्स र काइल मेयर्सले ५८ बलमा १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । मेयर्स २७ बलमा ५ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए ।

निकोलस पुरन २ रनमा आउट भए । कप्तान रोभम्यान पावेल १९ बलमा १ चौका र २ छक्कासहित २८ रनमा आउट भए । रोमारियो शेफर्ड १८ बलमा १ चौका र ४ छक्कासहित ४१ रनमा अविजित रहे ।ओडेन स्मिथ ५ बलमा १ छक्कासहित ११ रनमा अविजित रहे ।
दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले ४ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । वेन पार्नेलले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिएका थिए । पहिलो खेलमा वेस्टइन्डिज तीन विकेटले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]