default_image

2 years ago

March 27, 2023

पाकिस्तानमाथि अफगानिस्तानको रोमान्चक जित

181 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले दोस्रो टि२० आई खेलमा पाकिस्तानमाथि ७ विकेटको रोमान्चक जित निकालेको छ । आइतबार राती रोमान्चक जितका साथ अफगानिस्तानले तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको छ । अफगानिस्तानले पाकिस्तानविरुद्ध जितेको यो कुनैपनि पहिलो सिरिज हो ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिँएको थियो । १९ औं ओभरको पहिलो बलमा नसिम शाहलाई मोहम्मद नाबी र अन्तिम बलमा नाजिबउल्लाह जद्रानले छक्कासहित कुल १७ रन जोडेपछि पाकिस्तानको जितको सम्भावना कठिन बनेको थियो ।

अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । पहिलो बलमा जमान खानले नाबीलाई डट राखे । दोस्रो, तेस्रो र चौथो बलमा एक एक रन खर्चिएपछि दुई बलमा दुई रन चाहिँएको थियो । पाँचौं बलमा जद्रानले चौका हान्दै खेल सकाए । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ४९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए ।

इब्राहिम जद्रान ४० बलमा ३ चौकासहित ३९ र उस्मान घानी ७ रनमा आउट भए । नाजिबउल्लाह जद्रान १२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहे । मोहम्मद नाबी ९ बलमा १ छक्कासहित १४ रनमा नटआउट रहे । पाकिस्तानका जमान खान र इनसाहउल्लाहले एक एक विकेट लिए ।

त्यसअघि शाहजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । पाकिस्तानका इमाद वासिम ५७ बलमा ३ चौका र २ छक्कासहित ६४ रनमा अविजित रहे । तर टोलीको जितको लागि पर्याप्त हुन सने । कप्तान शादब खान २५ बलमा ३ चौकासहित ३२ रनमा आउट भए ।

एक समय ६३-५ को दयनीय अवस्थामा पुगेको पाकिस्तानलाई छैटौं विकेटका लागि शादब र इमादले ५४ बलमा सर्वाधिक ६६ रनको साझेदारी गरेका थिए । पाकिस्तानले कुनै रन रन जोड्दा पहिलो ओभरको सुरुवाती तीन बलमै दुई ब्याटर गुमाएको थियो ।

दोस्रो बलमै फजलहक फारुकीले ओपनर सैम अयुबलाई शून्यमा विकेटकिपर गुरबाजबाट क्याच आउट गराए । तेस्रो बलमा अब्दुल्लाह शफिक शून्यमा एलबीडब्लू आउट भए । उनी टि२० आईमा लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी हुन् । मोहम्मद हरिस १५ र आजम खान एक रनमा आउट भए ।

अफगानिस्तानका फजलहक फारुकीले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । नविन उल हक, राशिद खान र करिम जन्नतले एक एक विकेट लिए । पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो ।

तेस्रो तथा अन्तिम खेल आज राती हुनेछ । पाकिस्तानले यस खेलमा शादब खान र नसिम शाह बाहेक अन्य दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको छ । बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमद, शन मसुद, शाहिन शाह अफ्रिदी, हरिस रौफ लगायतका प्रमुख खेलाडीलाई भने विश्राम दिएको छ ।

February 9, 2025

फिलिप्सको शतकमा न्युजिल्याण्डको विजयी सुरुवात

एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]

February 9, 2025

लिग टु – अमेरिकाले नामिबियालाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]

February 8, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एक‌सँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]

Success

Thank you for your time.