3 years ago
March 27, 2023
एजेन्सी – अफगानिस्तानले दोस्रो टि२० आई खेलमा पाकिस्तानमाथि ७ विकेटको रोमान्चक जित निकालेको छ । आइतबार राती रोमान्चक जितका साथ अफगानिस्तानले तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको छ । अफगानिस्तानले पाकिस्तानविरुद्ध जितेको यो कुनैपनि पहिलो सिरिज हो ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिँएको थियो । १९ औं ओभरको पहिलो बलमा नसिम शाहलाई मोहम्मद नाबी र अन्तिम बलमा नाजिबउल्लाह जद्रानले छक्कासहित कुल १७ रन जोडेपछि पाकिस्तानको जितको सम्भावना कठिन बनेको थियो ।
अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । पहिलो बलमा जमान खानले नाबीलाई डट राखे । दोस्रो, तेस्रो र चौथो बलमा एक एक रन खर्चिएपछि दुई बलमा दुई रन चाहिँएको थियो । पाँचौं बलमा जद्रानले चौका हान्दै खेल सकाए । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ४९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए ।
इब्राहिम जद्रान ४० बलमा ३ चौकासहित ३९ र उस्मान घानी ७ रनमा आउट भए । नाजिबउल्लाह जद्रान १२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहे । मोहम्मद नाबी ९ बलमा १ छक्कासहित १४ रनमा नटआउट रहे । पाकिस्तानका जमान खान र इनसाहउल्लाहले एक एक विकेट लिए ।

त्यसअघि शाहजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । पाकिस्तानका इमाद वासिम ५७ बलमा ३ चौका र २ छक्कासहित ६४ रनमा अविजित रहे । तर टोलीको जितको लागि पर्याप्त हुन सने । कप्तान शादब खान २५ बलमा ३ चौकासहित ३२ रनमा आउट भए ।
एक समय ६३-५ को दयनीय अवस्थामा पुगेको पाकिस्तानलाई छैटौं विकेटका लागि शादब र इमादले ५४ बलमा सर्वाधिक ६६ रनको साझेदारी गरेका थिए । पाकिस्तानले कुनै रन रन जोड्दा पहिलो ओभरको सुरुवाती तीन बलमै दुई ब्याटर गुमाएको थियो ।
दोस्रो बलमै फजलहक फारुकीले ओपनर सैम अयुबलाई शून्यमा विकेटकिपर गुरबाजबाट क्याच आउट गराए । तेस्रो बलमा अब्दुल्लाह शफिक शून्यमा एलबीडब्लू आउट भए । उनी टि२० आईमा लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी हुन् । मोहम्मद हरिस १५ र आजम खान एक रनमा आउट भए ।

अफगानिस्तानका फजलहक फारुकीले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । नविन उल हक, राशिद खान र करिम जन्नतले एक एक विकेट लिए । पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो ।
तेस्रो तथा अन्तिम खेल आज राती हुनेछ । पाकिस्तानले यस खेलमा शादब खान र नसिम शाह बाहेक अन्य दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको छ । बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमद, शन मसुद, शाहिन शाह अफ्रिदी, हरिस रौफ लगायतका प्रमुख खेलाडीलाई भने विश्राम दिएको छ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]