default_image

2 years ago

March 27, 2023

विश्वकप क्वालिफायर प्लेअफमा आज युएई र पपुवा न्युगिनी भिड्दै

145 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप क्वालिफायर प्लेअफको दोस्रो खेलमा आज युएई र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १: १५ मा सुरु हुनेछ । विन्डोकमा हुने खेलमा दुबै टोलीको भविष्य जोडिएको छ।

आइसिसी विश्वकप लिग-२ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका थिए । नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफ खेलेका थिए । प्लेअफमा लिग-२ का पुछारका चार टोलीसँगै च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा गरि कुल ६ टोली छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जुन १८ देखि ९ जुलाईसम्म जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । यो अन्तिम अवसर हो । त्यस्तै पुछारका दुई टोली यूएई र पिएनजीले भने प्लेअफमार्फत ओडिआइ मान्यता जोगाउनु पर्नेछ ।

विश्वकप छनोटमा टोलीले सुपर लिगको पुछारका ५ टोली र लिग-२ को शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । युएई लिग २ मा ३६ खेलमा १५ मा जित र १८ मा हारसहित ३३ अंकका साथ छैटौं स्थानमा रहेपछि सोझै ओडिआई मान्यता अवसर गुमाएको थियो । पपुवा न्युगिनी ३६ खेलमा ५ मा जित र ३० मा हारसहित पुछारमा रहेको थियो ।

पपुवा न्युगिनीको कारणनै युएईले सोझै ओडिआई मान्यता अवसर गुमाएको थियो । पछिल्ला चार मध्य तीन खेलमा युएई पपुवा न्युगिनीसँग पराजित भएको थियो । लिग-२ मा यी दुई टोलीबीच कुल ६ खेल हुँदा पपुवा न्युगिनी ४ मा जित र २ मा हार व्यहोरेको थियो । लिग २ मा जितेका पाँच मध्य ४ खेल युएईविरुद्ध थियो । त्यसैले पपुवा न्युगिनीको मनोबल उच्च हुनेछ ।

युएई र पपुवा न्युगिनीले लिग २ बाट सोझै ओडिआई मान्यता अवसर गुमाएका थिए । प्लेअफबाट दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । अमेरिका र नामिबियाले लिग २ बाटनै ओडिआई मान्यता जोगाई सकेका छन् । युएई र पपुवा न्युगिनीलाई ओडिआई मान्यता जोगाउन कम्तिमा क्यानडा र जर्सीलाई पछि पार्नुपर्ने हुन्छ । अन्यथा आगमी चार वर्षको लागि ओडिआई मान्यता गुम्नेछ । त्यस्तै च्यालेन्ज लिगबाट आएका जर्सी र क्यानडा पनि पपुवा न्युगिनी र युएईलाई पछि पार्दै ओाडिआई मान्यता पाउने सोचमा हुनेछन् ।

युएईलाई एक समय सोझै विश्वकप छनोट खेल्ने अवसर थियो । तर पछिल्ला १५ मध्य तीन खेलमा मात्रै जित हात पारेपछि ओडिआई नै संकटमा पुगेको हो । नेपाल र पपुवा न्युगिनीसँग लज्जास्पद हारपछि युएईका मुख्य प्रशिक्षक रोबिन सिंहको जागिर गई सकेको छ । टिममा धेरै परिवर्तन गरेको छ । अनुभवी ब्याटर रमिज शाहजाद टोलीमा फर्किएका छन् ।

रमिजले युएईबाट १५ ओडिआईमा २ शतक र ४ अर्धशतकसहित कुल ६ सय ९१ रन बनाएका छन् । उनी फर्किदा मध्यक्रम मजबुत हुने अनुमान गरिएको छ । नेपालविरुद्ध अन्तिम खेलमा ४१ बलमा शतक हानेका आसिफ खान अर्का घातक बन्न सक्छन् । वृत्य अरविन्द र मोहम्मद वासिम राम्रो लयमा छन् ।

मध्यक्रम र तल्लोक्रम ब्याटिङ युएईको ठूलो समस्याको रुपमा रहेको छ । तीव्र गतिको बलिङ आक्रामण भने उत्कृष्ट छ । प्रशिक्षक परिवर्तनसँगै टोलीको प्रदर्शन फेरिने अनुमान गरिएको छ ।

उता पपुवा न्युगिनीका टोनी उरा टोलीमा फर्किएका छन् । उरा, असद भाला र चाल्र्स अमिनी प्रमुख ब्याटर हुन् । चाद सोपर, नर्मन भानुवा प्रमुख बलर हुन् । प्लेअफका पुछारका दुई टोली भने च्यालेन्ज लिगमा झर्नेछन् । अर्को पटक देखि लिग २ मा ८ टोली हुनेछन् । नेदरल्यान्ड्स पनि अव लिग २ नै खेल्नेछ ।

आजको दोस्रो खेलमा जर्सी र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोली जितका साथ अघि बढ्न चाहन्छन् । यी दुई टोलीको उदेश्य ओडिआई मान्यता रहेको छ । पहिलो खेलमा अमेरिकाले नामिबियालाई ८० रनले हराएको थियो ।

February 7, 2025

थाइल्याण्डविरुद्ध नेपालको सामान्य योगफल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]

February 7, 2025

नेपालले टस जित्यो, राजमतीको डेब्यु

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् । यस खेलमा […]

February 7, 2025

त्रिकोणात्मक सिरिज – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो […]

Success

Thank you for your time.