2 years ago
March 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती कुमारी चौधरीको अलराउन्ड प्रदर्शनमा मधेश प्रदेशले ललितपुर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा ललितपुर मेयर्स–११ माथि एक विकेटको रोमान्चक जित हात पारेको छ । मधेशले पहिलो जित हात पादै फाइनलको अंक गणीतिय सम्भावना कायमै राख्दा ललितपुर बाहिरिएको छ ।
जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको मधेशले १९.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । जितको लागि अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । सरस्वतीले डिप मिडविकेटमा सृष्टि जैशीलाई चौका प्रहार गर्दै खेल सकाइन् । त्यसअघि पहिलो बलमा दुई रन लिनेक्रममा चांदनी खातुनलाई रन आउट गर्न ललितपुर चुकेको थियो ।
सरस्वती ३३ बलमा ३ चौकासहित ३२ रनमा अविजित रहिन् । ओपनर एलिसा यादव २० बलमा ३ चौकासहित १६ र सिमा कुँवर १२ बलमा १ चौकासहित १५ रनमा आउट भइन् । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
ललितपुरकी कृतिका मरासिनीले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । सोनी पाख्रिन ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । अस्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो। ललितपुरकी सोनी पाख्रिनले ४३ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाइन् । विकेटकिपर लक्ष्मी चौधरी २७ बलमा ४ चौकासहित २३ तथा सृष्टी जैशी १८ बलमा १ चौकासहित १५ रनमा आउट भइन् ।
हेलिसा गुरुङ १, कन्चन श्रेष्ठ ५ रनमा आउट हुँदा अस्मिना कर्माचार्य ६ रनमा अविजित रहिन् । मधेशकी सरस्वती कुमारी चौधरीले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिइन् । कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक एक विकेट लिइन् ।
मधेशको फाइनल पुग्ने झिनो सम्भावना छ । मधेश ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । आज सुदूरपश्चिम र कोशीबीच प्रतिस्पर्धा हुँदैछ । कोशीले सुदूरलाई हराउनुपर्ने हुन्छ । अन्तिम खेलमा मधेशले कोशीलाई हराउँदा तीन टोलीको समान ४-४ अंक हुनेछ ।
मधेश नेटरनरेटमा माथि रहँदै फाइनल खेल्न सक्छ । तर मधेशले बाँकी दुई खेलमा अविश्वसनीय रुपमा विशाल जित हात पार्नुपर्ने हुन्छ । अन्यथा नेटरनरेटको कारण बाहिरिनेछ ।
एपिएफ ३ खेलमा ६ अंकका साथ फाइनलमा पुगेको छ । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । कोशी २ खेलमा १ मा जित र १ मा हारसहित २ अंक्का साथ तेस्रो स्थानमा छ । ललितपुर ३ खेलमा जित विहीन हुँदै बाहिरिएको छ ।
February 9, 2025
एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]
February 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]