2 years ago
March 27, 2023
एजेन्सी – एक लाख जनसंख्या भएको जर्सीले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा क्यानडाविरुद्ध ओडिआईमा डेब्यू गरेको छ । आइसिसीले प्लेअफका सबै खेललाई ओडिआई मान्यता दिएपछि जर्सीले ओडिआईमा डेब्यू गरेको हो ।
जर्सी ओािडआई मान्यता प्राप्त गर्ने विश्वको २५ औं देश हो । २०२१ को तथ्याङ्क अनुसार जर्सीको जनसंख्या १ लाख ३ हजार २ सय ६७ छ । प्लेअफ क्वालिफायरमा अमेरिका, युएई, पपुवा न्युगिनी, नामिबिया, जर्सी र क्यानडा छन् । शीर्ष दुई टोलीले आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।
जर्सी च्यालेन्ज लिग बी विजेता र क्यानडाका च्यालेन्ज लिग ए को विजेताको रुपमा प्लेअफ खेलेका हुन् । अन्य चार टोली भने लिग २ बाट पुछारमा रहँदै प्लेअफ झरेका हुन् । अमेरिका र नामिबियाले लिग २ मै ओडिआई मान्यता जोगाई सकेका छन् । त्यसैले प्लेअफमा युएई, पपुवा न्युगिनी, जर्सी र क्यानडा मध्य दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।
प्लेअफमा यी चार टोलीबीचको प्रदर्शन हेरिनेछ । यदि जर्सी, क्यानडा, पपुवा न्युगिनी र युएई मध्य दुई टोलीलाई पछि पारे ओडिआई मान्यता पाउनेछ । पपुवा न्युगिनी र युएईले ओडिआई मान्यता लिग २ बाट गुमाई सकेका छन् । युएई र पपुवा न्युगिनीले ओडिआई मान्यता जोगाउन जर्सी र क्यानडालाई पछि पार्नुपर्ने हुन्छ ।
जर्सीले च्यालेन्ज लिग बी मा युगान्डालाई पछि पार्दै प्लेअफमा स्थान बनाएको थियो । जर्सी १५ खेलमा ११ मा जित र ४ मा हारसहित २२ अंकका साथ नेटरनरेटको कारण शीर्ष स्थानमा रह्यो । युगान्डा १५ खेलमा ११ मा जित र ४ मा हारसहित २२ अंक भएपनि नेटरनरेटले दोस्रो स्थानमा रहेको थियो ।
जर्सीको नेटरनरेट १.५४१ रहँदा युगान्डाको १.०६२ रह्यो । हङकङ १९ खेलमा ९ मा जित र ५ मा हारसहित १९ अंकका साथ तेस्रो स्थानमा रह्यो । केन्या १५ खेलमा ७ मा जितसहित १५ अंकका साथ चौथो स्थानमा रहेको थियो । इटाली पाँचौं र बर्मुडा छैटौं स्थानमा रहेका थिए ।
जर्सी टि२० आई वरियतामा २२ औं स्थानमा छ । जर्सीले २०१५ को टि२० विश्वकप छनोटमा नेपाललाई ७ विकेटले हराएको थियो । त्यसपछि भने नेपालले जर्सीसँग खेलेको छैन ।
जर्सीको पहिलो ओडिआई खेलमा डेब्यू गर्ने ११ खेलाडी :
एन्थोनी हकिन्स के, असा ट्रिबे, बेन्जामेन वार्ड, चाल्र्स पर्चार्ड (कप्तान), इलियट माइल्स, हारिसन कार्लियोन, जेक डुनफोर्ड(विकेटकिपर), जोन्टी जेन्नेर, लोश लावरेन्सन, जुलिस सुमेराउर र निकोलस ग्रीनवुड ।
February 9, 2025
एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]
February 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]