default_image

2 years ago

April 4, 2023

विश्वकप क्वालिफायर प्लेअफमा आज दुई खेल हुँदै

160 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा आज दुई खेल हुँदैछन् । घरेलु टोली नामिबियाले क्यानडासँग खेल्दैछ । जर्सीले अमेरिकासँग खेल्दैछ । दुबै खेल नेपाली समय अनुसार दिउँसो १ : १५ मा विन्डहोकमा सुरु हुनेछन् । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

नामिबिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । शीर्ष दुईमा रहेर आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्न नामिबियाले पहिला क्यानडामाथि विशाल जित हात पार्नुपर्ने हुन्छ । त्यस्तै अमेरिका र युएई मध्य एक टोली अन्तिम खेलमा हार्नुपर्छ । अमेरिका र युएई दुबैले अन्तिम खेल जर्सीसँग खेल्न बाँकी छ ।

उता क्यानडालाई विश्वकप छनोटमा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । अन्तिम खेल क्यानडाले बुधबार पपुवा न्युगिनीसँग खेल्नेछ । पपुवा न्युगिनीलाई हराएमा ओडिआई मान्यता पनि पक्का हुनेछ । नामिबियाका कप्तान जेरार्ड इरास्मस र माइकल भान लिंगेन प्रमुख ब्याटर हुन् । यी दुई चलेको खण्डमा सहज जित हात पार्न सक्छ ।

निकोलस डेविन, जेन ग्रिन र जान निकोल लोफ्टीबाट आजको खेलमा उत्कृष्ट प्रदर्शन चाहन्छ । रुबेन ट्रम्पलम्यान प्रमुख बलर हुन् । क्यानडाका पर्गत सिंहले युएईविरुद्ध शतक हानेका थिए । पर्गत, म्याथ्यु स्पोर्स, निकोलस किर्टन र विजयरत्ने श्रीमन्था प्रमुख ब्याटर हुन् । कलिम साना र साद बिन जाफर प्रमुख बलर हुन् । यता अर्को खेलमा अमेरिकाले जर्सीसँग खेल्नेछ ।

अमेरिका विजयी हुँदा विश्वकप छनोट पक्कापक्की हुनेछ । तर औपचारिकता भने पर्खनुपर्ने हुन्छ । अमेरिका ४ खेलमा ३ मा जित र १ मा हारसहित ८ अंकका साथ शीर्ष स्थानमाछ । अमेरिका क्यानडासँग पराजित भएको थियो । नामिबिया, युएई र पपुवा न्युगिनीलाई हराउँदै विश्वकप छनोटको सम्भावना बलियो बनाएकोछ ।

आजको खेलमा क्यानडा नामिबियासँग पराजित भएमा र यस खेलमा अमेरिका विजयी भएमा सोझै विश्वकप छनोटमा पुग्नेछ । क्यानडा विजयी भएमा नेटरनरेट पर्खनुपर्ने हुन्छ । अमेरिका स्टिभ टेलर, साइतेजा मुक्कामल्ला र मोनांक पटेल प्रमुख ब्याटर हुन् । अली खान प्रमुख बलर हुन् ।

उता जर्सीको विश्वकप छनोटमा पुग्ने सम्भावना झिनो अंक गणीतिय छ । जर्सीले अमेरिका र युएई दुबैलाई विशाल अन्तरले पराजित गरेमा नेटरनरेटमा माथि रहँदै विश्वकप छनोटमा पुग्न सक्छ ।

पपुवा न्युगिनीलाई हराउन जर्सीका जोश लरेन्सन १ सय १४ र अशा ट्राइबले १ सय १५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । यी दुई ब्याटर अमेरिकालाई स्तब्ध गराउन सक्छन् । त्यस्तै निक ग्रीनवुड र जोन्टी जेनर पनि घातक बन्नसक्ने ब्याटर हुन् । इंग्ल्यान्ड र न्युजिल्यान्डका मुलका खेलाडी हुँदा अप्रत्याशित नजिता हात पार्नसक्छ ।

प्रतियोगितामा नामिबिया, अमेरिका, जर्सी, क्यानडा, पपुवा न्युगिनी र युएई छन् । शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । पपुवा न्युगिनी लगातार चार हारको साथ विश्वकप दौडबाट बाहिरि सकेको छ । विश्वकप छनोटमा लिग २ मा शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्डसँगै सुपर लिगका पुछारका पाँच र प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

१० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । सुपर सिक्स हुँदै शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । त्यस्तै यस प्लेअफ प्रतियोगिताबाट जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनी मध्य दुई टोलीले ओडिआई मान्यता पाउनेछन् । यी चार टोलीबीचको प्रतिस्पर्धाबाट शीर्ष दुई स्थानमा रहने टोलीले ओडिआई मन्यता पाउनेन् ।

February 15, 2025

बाबरले पछि पारे विराटलाई

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान बाबर अजामले भारतिय पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् । बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा रहेका छन् । बाबरले शुक्रवार न्युजिल्याण्डविरूद्धकाे त्रिकाेणात्मक सिरिजकाे फाइनल खेलमा बाबरले ६ हजार रन पूरा गरेका हुन् । उनले १ सय २३ इनिङमा […]

February 15, 2025

पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन

एजेन्सी – घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआई सिरिजको उपाधी जितेको छ । शुक्रवार भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो । न्युजिल्याण्ड अपराजित रुपमा सिरिजको विजेता बनेको हो । सिरिज आगामी बुधवारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो । सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने […]

February 14, 2025

मेन्डिसको शतकमा श्रीलंकाद्वारा सिरिज ‘क्लिन स्विप’

एजेन्सी – कुशल मेन्डिसको शतकमा अस्ट्रेलियाविरुद्धको ओडिआई सिरिज घरेलु टोली श्रीलंकाद्वारा ‘क्लिन स्विप’ गरेको छ । शुक्रवार भएको दोस्रो ओडिआई खेलमा अस्ट्रेलियालाई १ सय ७४ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज ‘क्लिन स्विप’ गरेको हो । श्रीलंकाले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४.२ ओभरमा १ सय ७ रनमा समेटियो । अस्ट्रेलियाका […]

Success

Thank you for your time.