default_image

2 years ago

April 5, 2023

विश्वकप छनोट खेल्ने ९ टोलीको टुङ्गो लाग्यो

533 views

0 Bookmark

एजेन्सी – आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्य ९ टोलीको टुङ्गो लागेको छ । विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाले स्थान पक्का गरेका छन् ।

श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर लिगबाट पुछारमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । यी चार टोलीले सोझै विश्वकप खेल्ने अवसर गुमाएका हुन् । अव सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिका मध्य एक टोलीले छनोट खेल्नुपर्ने हुन्छ । लिग २ बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

क्वालिफायर प्लेअफबाट अमेरिका शीर्ष र युएई दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । नियम अनुसार सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई टोली गरि कुल १० टोलीले छनोट खेल्नेछन् ।

सुपर लिगमा नेदरल्यान्ड्स र १२ टेस्ट टोलीले प्रतिस्पर्धा गरेका थिए । आयोजक भारतसहित शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाएका छन् । अव दक्षिण अफ्रिका र आयरल्यान्ड मध्य एक टोली सोझै विश्वकपमा पुग्दा एक टोलीले छनोट खेल्नु पर्ने हुन्छ । लिग २ मा ७ र क्वालिफायर प्लेअफमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

सुपर लिगमा दक्षिण अफ्रिका २१ खेलमा ९ मा जित र १० मा हारसहित ९८ अंकका साथ आठौं स्थानमा छ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंकका साथ ११ औं स्थानमा छ । आगमी महिना बंगलादेशसँगको तीन ओडिआई खेलको सिरिज जितेमा आयरल्यान्डको ९८ अंक हुनेछ ।

समान अंक हुँदा पहिला सर्वाधिक जित हेरिन्छ । जित प्रतिशत बराबर हुनेछ । त्यसपछि हेड टु हेड हेरिन्छ । सुपर लिगमा आयरल्यान्ड र दक्षिण अफ्रिकाबीचको तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

२०२१ जुलाईमा सुपर लिगमा आयरल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा आयरल्यान्ड ४३ र दक्षिण अफ्रिका ७० रनले विजयी भएका थिए । यदि तीन मध्य एक खेलमा आयरल्यान्ड पराजित भएमा वा अंक बाँडेमा दक्षिण अफिका विश्वकपमा पुग्नेछ ।

तर आयरल्यान्डले बंगलादेशमाथि तीनै खेल जितेको खण्डमा नेटरनरेट हेरिनेछ । आयरल्यान्डको नेटरनरेट माइनस ०.३८२ र दक्षिण अफ्रिकाको माइनस ०.०७७ छ । नेपालले वेस्टइन्डिज र श्रीलंका मध्य एक टोलीसँग समूह चरणमा प्रतिस्पर्धा गर्ने पक्का छ । वेस्टइन्डिज र श्रीलंका फरक फरक समूहमा हुने पक्कापक्की छ ।

चार मध्य दुई टेस्ट टोलीसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

सुपर लिगमा शीर्ष सातमा रहँदै भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान र अफगानिस्तान विश्वकपमा पुगेका छन् । भारतमा हुने विश्वकपमा १० टोली हुनेछन् । सिंगल राउन्ड रोविनको आधारमा सबैले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

२०१९ को एकदिवसीय विश्वकप फाइनलमा सुपर ओभर पनि टाई भएपछि इंग्ल्यान्डले न्युजिल्यान्डलाई सर्वाधिक बाउन्डी प्रहारको आधारमा उपाधि जितेको थियो । तर उक्त नियम परिवर्तन हुँदै अव सुपर ओभर टाई भएमा फेरि सुपर ओभर नै हुनेछ ।

February 9, 2025

फिलिप्सको शतकमा न्युजिल्याण्डको विजयी सुरुवात

एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]

February 9, 2025

लिग टु – अमेरिकाले नामिबियालाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]

February 8, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एक‌सँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]

Success

Thank you for your time.