default_image

2 years ago

April 5, 2023

मिल्नेको घातक बलिङमा न्युजिल्यान्डको सहज जित

205 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर एडम मिल्नेको घातक बलिङमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितको लागि १ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा टिम सिफर्ट ४३ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ७९ रनमा अविजित रहे ।

ओपनर चाद बोवेस १५ बलमा ७ चौकासहित ३१ रनमा आउट भए । कप्तान टम लाथम ३० बलमा १ चौकासहित २० रनमा अविजित रहे । श्रीलंकाका कसुन रजिथाले २ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि युर्निभसिटी ओभल डुनेदीनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका १९ ओभरमा १ सय ४१ रनमा अल आउट भएको थियो । श्रीलंकाका धनन्जय डि सिल्भाले २६ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए । कुशल पेरेराले ३२ बलमा २ चौका र १ छक्कासहित ३५ रन जोडे ।

चरिथ असलंका २४, कुशल मेन्डिस १० र दासुन शानका ७ रनमा आउट भए । न्युजिल्यान्डका तीव्र गतिका बलर एडम मिल्नेले ४ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । उनको अन्तर्राष्ट्रिय क्रिकेट करिअरको यो उत्कृष्ट प्रदर्शन हो । बेन लिस्टरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । हेनरी शिफ्ले, रचिन रविन्द्र र जेम्श निसमले समान एक एक विकेट लिए ।

पहिलो खेलमा न्युजिल्यान्ड सुपर ओभरमा पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । न्युजिल्यान्डले दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको छ । पहिलो रोजाईका अधिकाम्स खेलाडीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि फुकुवा गरेको छ ।

February 9, 2025

फिलिप्सको शतकमा न्युजिल्याण्डको विजयी सुरुवात

एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]

February 9, 2025

लिग टु – अमेरिकाले नामिबियालाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]

February 8, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एक‌सँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]

Success

Thank you for your time.