2 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले एसिसी प्रिमियर कपको पहिलो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदान सुरुहुनेछ । १० टोली सहभागी प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ ।
उपाधिको प्रमुख दाबेदार नेपाल तुलनात्मक रुपमा कमजोर मलेसियालाई हराउँदै सानदार विजयी सुरुवात गर्न चाहन्छ । नेपालको रोहित पौडेल र मलेसियाको अहमद फैजले कप्तानी गर्नेछन् । नेपालले ओपनरको रुपमा कुशल भुर्तेल र आसिफ शेखलाई मैदान उतार्नेछ ।
आइसिसी विश्वकप लिग–२ मा पछिल्ला १२ मध्य ११ खेल जिताउन यी दुई युवा ओपनरको प्रदर्शन महत्वपूर्ण थियो । कुशलबाट आक्रामक र आसिफबाट ठूलो इनिङ चाहन्छ । नेपालले अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ललाई आजको खेलमा मौका दिने सम्भावना छ । ज्ञानेन्द्रले तेस्रो नम्बरमा खेल्नेछन् ।
लगातार कमजोर प्रदर्शन गर्दै आएका ज्ञानेन्द्रलाई उत्कृष्ट प्रदर्शनको दबाब हुनेछ । यस खेलमा राम्रो गर्न नसके बाँकी खेलमा मौका नपाउन सक्छन् । रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन् । रोहित नेपालका प्रमुख हतियार हुन् । कुशल मल्ल, भीम सार्की, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले मध्यक्रम सम्हाल्नेछन् ।
भीम र आरिफबाट परिपक्क प्रदर्शन चाहन्छ । कुशल र दीपेन्द्रको भूमिका आक्रामक हुनेछ । नेपालले तीव्र गतिका बलरमा करण केसी र सोमपाल कामीलाई मैदान उतार्नेछ । स्पिनरमा सन्दीप लामिछाने हुनेछन् । सन्दीप नेपालका प्रमुख हतियार हुन् ।
उता मलेसिया विरनदीप सिंह प्रमुख हतियार हुन् । विरनदीपबाट मलेसिया उत्कृष्ट प्रदर्शन चाहन्छ । युवा खेलाडी मोहम्मद आमिर र जुबैदी जुल्कीफ्लीले ओपनिङ गर्नेछन् । यी दुई युवा खेलाडीको आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने सोचमा हुनेछन् । विजय उन्नी, फैज अहमद र सैद अजिज मध्यक्रमका ब्याटर हुन् ।
विजय उन्नी राम्रो लयमा छन् । विजयले अघिल्लो महिना हङकङविरुद्ध १ सय २२ बलमा ७ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । तल्लोक्रमका नाजरिल रहमान र शर्विन मुनीआन्दी हुनेछन् । मोहम्मद वाफिक, पवनदीप सिंह र शर्विन मुनीआन्दी बलर हुन् ।
नेपालले पछिल्लो समय सानदार प्रदर्शन गरेको हुँदा उच्च मनोबल छ । पछिल्लो समयको सानदार प्रदर्शन, उच्च मनोबल, घरेलु मैदान, दर्शक, कन्डिसन र उत्कृष्ट ब्याटिङक्रमलाई निरन्तरता दिँदै नेपालले सहज जित निकाल्न खोज्नेछ । नेपालले टस जितेमा पहिला ब्याटिङ गर्ने उच्च सम्भावना छ ।
टस हारेमा पनि ब्याटिङकै निम्तो पाएको सम्भावना देखिन्छ । मुख्य प्रशिक्षक मोन्टि देशाईको आगमनपछि फेरिएको नेपाली क्रिकेट टोलीको लक्ष्य उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्ने हुनेछ ।
प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । आज उता मुलपानी मैदानमा हङकङले सिंगापुरसँग खेल्नेछ । यो खेलसँगै माथिल्लो मुलपानी मैदानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ ।
हेड टु हेड :
५० ओभरको खेलमा २०१२ यता नेपालले मलेसियासँग पाँच खेल खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ । नेपालले पछिल्लो पटक मलेसियासँग ५० ओभरको खेल २०१८ मा खेलेको थियो । उक्त खेलमा नेपाल १९ रनले विजयी भएको थियो । टि२० आई खेल भने नेपालले त्रिकोणात्मक आई सिरिजमा २०२१ र २०२२ मा समान दुई खेल घरेलु मैदान टियुमा खेलेको थियो । जसमा सबै खेलमा नेपाल विजयी भएको थियो ।
मौसम :
आज काठमाडौंमा वर्षाको कुनैपनि सम्भावना छैन । न्यूनतम तापक्रम १७ डिग्री र उच्चतम ३० डिग्री सेल्सिय हुनेछ ।
लाइभ तथा टिकट
टिकटको मुख्य २ सय रुपैयाँ राखिएको छ । माइ पेबाट खरिद गर्दा १ सय ५० रुपैयाँमा प्राप्त गर्न सकिनेछ । लाइभ कान्तिपुर टेलिभिजन र ओएसआर युटुब बाट हेर्न सकिनेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।
मलेसिया टोली :
अहमद फैज (कप्ताद), विरनदीप सिंह, सैद अजिज, शर्विन मुनाआन्दडी, अमिर अजिम, फ्रिती साम, खिजर हायत, रिजवान, विजय उन्नी, अनवार रहमान, नाजरिल रहमान, मोहम्मद आजम, वाफिक इफरान र मोहम्मद स्याहदत
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]