3 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाका कप्तान अहमद फैजले एसिसी प्रिमियर कपको पहिलो खेलमा घरेलु टोली नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २५ ओभरमा १ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ ।

मलेसियाका विरनदीप सिंह ६२ बलमा २ चौकासहित ३० रनमा क्रिजमा छन् । संयमित सुरुवात गर्नेक्रममा विरनदीप सिंहले ४९ बलमा पहिलो ब्यक्तिगत चौका प्रहार गरेका थिए । कप्तान अहमद फैज ७० बलमा ७ चौकासहित ५२ रनमा क्रिजमा छन् ।
दोस्रो विकेटका लागि विरनदीप र फैज अहमदले ८१ रनको साझेदारी गर्दै मलेसियालाई राम्रो अवस्थामा राखेका छन् । मलेसियालाई ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए ।

गुलशन झाको बलमा कभरमा सट खेल्ने धुनमा आमिर १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट भएका थिए । उनले १८ बलमा ३ चौका प्रहार गरे । नेपालले आजको खेलमा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]