2 years ago
April 19, 2023
एजेन्सी – युनाइटेड अरव इमिरेट्स (युएई) ले एसिसी प्रिमियर कपमा कुवेतविरुद्ध खराब सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ५ ओभरमा ३ विकेट गुमाउँदै २४ रन बनाएको छ ।
कप्तान मोहम्मद वासिम पहिलो ओभरको चौथो बलमै ८ रनमा क्याच आउट भए । तीव्र गतिका बलर शाहरुख कुद्दुसको बलमा वासिम फस्ट स्लिपमा मिट भावसारबाट क्याच आउट भए । उनले ४ बलमा २ चौका प्रहार गरे ।
स्पिनर यासिन पटेलले दोस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर आर्यन लाक्रालाई शून्यमा बोल्ड आउट गरे । शाहरुखले पाँचौं ओभरको चौथो बलमा अनुभवी ब्याटर रमिज शाहजादलाई ९ रनमा क्याच गराए ।
शाहजाद मोहम्मद अमिनबाट मिड अनमा क्याच आउट भएका थिए । शाहजाद आउट भएपछि युएई समस्यामा परेको छ । युएईका वृत्य अरविन्द ६ र रोहन मुस्तफा क्रिजमा छन् ।
समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।
प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् ।
युएईको प्लेइङ ११ :
मोहम्मद वासिम (कप्तान) आयन खान, आर्यन लाक्रा, आसिफ खान, जुनैद सिद्दिक, कार्तिक मयाप्पन, रमिज शाहजद, रोहन मुस्तफा, सन्चित शर्मा, वृत्य अरविन्द र जहुर खान ।
कुवेतको प्लेइङ ११ :
मोहम्मद अस्लाम (कप्तान), सैद मोनिब, उस्मान पटेल, बिलाल ताहिर, मोहम्मद अमिन, रजिवा संदरुवान, मिट भावसार, शरिज खान, प्रविन्दर कुमार, यसिन इशक, शाहरुख कुद्दुस र ।
February 9, 2025
एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]
February 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]