default_image

3 years ago

April 19, 2023

वृत्यको सानदार शतक

225 views

0 Bookmark

एजेन्सी – युनाइटेड अरव इमिरेट्स (युएई) का युवा ब्याटर वृत्य अरविन्दले एसिसी प्रिमियर कपमा कुवेतविरुद्ध सानदार शतक हानेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ३९ ओभरमा ३ विकेट गुमाउँदै १ सय ९० रन बनाएको छ ।

वृत्य अरविन्द १ सय १८ बलमा ७ चौका र ३ छक्कासहित १ सय रनमा क्रिजमा छन् । उनले ३९ औं ओभरको अन्तिम बलमा मिडअफमा एक रन प्रहार गर्दै १ सय १८ बलमा शतक पूरा गरेका थिए ।

अनुभवी ब्याटर रोहन मुस्तफा ९९ बलमा ५ चौकासहित ६२ रनमा क्रिजमा अविजित छन् । मुस्तफाले ९५ बलमा अर्धशतक पूरा गरेका थिए । एक समय २४–३ को खराब सुरुवात गरेको युएईलाई चौथो विकेटका लागि मुस्तफा र वृत्यले १ सय ६६ रनको अविजित शतकीय साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका छन् ।

युएईको सुरुवात भने सम्झन लायक थिएन । कप्तान मोहम्मद वासिम पहिलो ओभरको चौथो बलमै ८ रनमा क्याच आउट भएका थिए । तीव्र गतिका बलर शाहरुख कुद्दुसको बलमा वासिम फस्ट स्लिपमा मिट भावसारबाट क्याच आउट भए । उनले ४ बलमा २ चौका प्रहार गरे ।

स्पिनर यासिन पटेलले दोस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर आर्यन लाक्रालाई शून्यमा बोल्ड आउट गरे । शाहरुखले पाँचौं ओभरको चौथो बलमा अनुभवी ब्याटर रमिज शाहजादलाई ९ रनमा क्याच गराए । शाहजाद मोहम्मद अमिनबाट मिड अनमा क्याच आउट भएका थिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.