2 years ago
April 19, 2023
एजेन्सी – युनाइटेड अरव इमिरेट्स (युएई) का युवा ब्याटर वृत्य अरविन्दले एसिसी प्रिमियर कपमा कुवेतविरुद्ध सानदार शतक हानेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ३९ ओभरमा ३ विकेट गुमाउँदै १ सय ९० रन बनाएको छ ।
वृत्य अरविन्द १ सय १८ बलमा ७ चौका र ३ छक्कासहित १ सय रनमा क्रिजमा छन् । उनले ३९ औं ओभरको अन्तिम बलमा मिडअफमा एक रन प्रहार गर्दै १ सय १८ बलमा शतक पूरा गरेका थिए ।
अनुभवी ब्याटर रोहन मुस्तफा ९९ बलमा ५ चौकासहित ६२ रनमा क्रिजमा अविजित छन् । मुस्तफाले ९५ बलमा अर्धशतक पूरा गरेका थिए । एक समय २४–३ को खराब सुरुवात गरेको युएईलाई चौथो विकेटका लागि मुस्तफा र वृत्यले १ सय ६६ रनको अविजित शतकीय साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका छन् ।
युएईको सुरुवात भने सम्झन लायक थिएन । कप्तान मोहम्मद वासिम पहिलो ओभरको चौथो बलमै ८ रनमा क्याच आउट भएका थिए । तीव्र गतिका बलर शाहरुख कुद्दुसको बलमा वासिम फस्ट स्लिपमा मिट भावसारबाट क्याच आउट भए । उनले ४ बलमा २ चौका प्रहार गरे ।
स्पिनर यासिन पटेलले दोस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर आर्यन लाक्रालाई शून्यमा बोल्ड आउट गरे । शाहरुखले पाँचौं ओभरको चौथो बलमा अनुभवी ब्याटर रमिज शाहजादलाई ९ रनमा क्याच गराए । शाहजाद मोहम्मद अमिनबाट मिड अनमा क्याच आउट भएका थिए ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् । यस खेलमा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो […]