2 years ago
June 26, 2023
एजेन्सी – कप्तान सन विलियम्सले १ सय ७४ रनको सानदार शतकीय इनिङ खेलेपछि जिम्बावेले आइसिसी विश्वकप छनोटमा अमेरिकालाई ४ सय ९ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।
हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० आभरमा ६ विकेट गुमाउँदै ४ सय ८ रन बनायो । यो जिम्बावेले आफ्नो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको हो । यसअघि जिम्बावेको ओडिआईमा सर्वाधिक ठूलो योगफल २००९ मा केन्याविरुद्ध ३ सय ५१ रन थियो ।
जिम्बावेका सन विलियम्सले १ सय १ बलमा २१ चौका र ५ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको उत्कृष्ट प्रदर्शन हो । समग्रमा जिम्बावेबाट ओडिआई खेलमा ब्यक्तिगत तेस्रो उच्च स्कोर हो । यसअघि जिम्बावेका चाल्र्स कभेन्टीले २००९ मा बंगलादेशविरुद्ध १ सय ९४ तथा हिमाल्टन मसाकाड्जाले केन्याविरुद्ध १ सय ७८ रनको अविजित इनिङ खेलेका थिए । त्यसपछि यो उच्च प्रदर्शन हो ।
ओपनर जोयलोर्ड गुम्बी १ सय ३ बलमा ५ चौकासहित ७८ र इनोसेन्ट कैया ३२ रनमा आउट भए । दोस्रो विकेटका लागि सन विलियम्स र जोयलोर्डले १ सय ६० रनको साझेदारी गरेका थिए ।
तेस्रो विकेटका लागि सिकन्दर राजा र विलियम्सले ८८ रनको आक्रामक साझेदारी गरेका थिए । राजा २७ बलमा ५ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । रायन बर्ल १६ बलमा ३ चौका र ४ छक्कासहित ४७ रनमा आउट भए ।
अमेरिकाका अभिषेश पाराडकरले ९ ओभरमा ७८ रन खर्चेर ३ विकेट लिए । जेसी सिंहको नाममा २ विकेट रह्यो ।
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]