default_image

2 years ago

June 26, 2023

अमेरिकालाई जिम्बावेको ४ सय ९ रनको कीर्तिमानी लक्ष्य

233 views

0 Bookmark

एजेन्सी – कप्तान सन विलियम्सले १ सय ७४ रनको सानदार शतकीय इनिङ खेलेपछि जिम्बावेले आइसिसी विश्वकप छनोटमा अमेरिकालाई ४ सय ९ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० आभरमा ६ विकेट गुमाउँदै ४ सय ८ रन बनायो । यो जिम्बावेले आफ्नो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको हो । यसअघि जिम्बावेको ओडिआईमा सर्वाधिक ठूलो योगफल २००९ मा केन्याविरुद्ध ३ सय ५१ रन थियो ।

जिम्बावेका सन विलियम्सले १ सय १ बलमा २१ चौका र ५ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको उत्कृष्ट प्रदर्शन हो । समग्रमा जिम्बावेबाट ओडिआई खेलमा ब्यक्तिगत तेस्रो उच्च स्कोर हो । यसअघि जिम्बावेका चाल्र्स कभेन्टीले २००९ मा बंगलादेशविरुद्ध १ सय ९४ तथा हिमाल्टन मसाकाड्जाले केन्याविरुद्ध १ सय ७८ रनको अविजित इनिङ खेलेका थिए । त्यसपछि यो उच्च प्रदर्शन हो ।

ओपनर जोयलोर्ड गुम्बी १ सय ३ बलमा ५ चौकासहित ७८ र इनोसेन्ट कैया ३२ रनमा आउट भए । दोस्रो विकेटका लागि सन विलियम्स र जोयलोर्डले १ सय ६० रनको साझेदारी गरेका थिए ।

तेस्रो विकेटका लागि सिकन्दर राजा र विलियम्सले ८८ रनको आक्रामक साझेदारी गरेका थिए । राजा २७ बलमा ५ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । रायन बर्ल १६ बलमा ३ चौका र ४ छक्कासहित ४७ रनमा आउट भए ।
अमेरिकाका अभिषेश पाराडकरले ९ ओभरमा ७८ रन खर्चेर ३ विकेट लिए । जेसी सिंहको नाममा २ विकेट रह्यो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.