2 years ago
June 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध टस जितेको छ । भर्खर सम्पन्न टसमा नेपालका कप्तान अभिषेक तिवारीले बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । नेपाल मलेसियामाथि सहज जितका साथ समूह विजेता बन्दै सेमिफाइनल खेल्न चाहन्छ ।
नेपालले थाइल्यान्डलाई ४४ रनमै अल आउट गरेको थियो । थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट भएका थिए । मलेसिया पनि सेमिफाइनलमा पुगि सकेको छ । यस खेलले समूह विजेता निर्धारण गर्नेछ ।
समूह बी मा हङकङ र सिंगापुर दुबै खेलमा जितका साथ ४–४ अंक जोडेका छन् । हङकङ नेटरनरेटको कारण शीर्ष र सिंगापुर दोस्रो स्थानमा छन् । यी दुबै टोली सेमिफाइनलमा पुगेका छन् । समूह विजेता यी दुई देशबीच शुक्रबार हुने खेलले निर्धारण गर्नेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]