default_image

2 years ago

July 2, 2023

नेपाललाई दोस्रो बलमै आसिफको विकेट

341 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध दोस्रो बलमै विकेट लिएको छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई पहिलो ओभरमा १ विकेट गुमाउँदै २ रन बनाएको छ । कार्यवाहक कप्तान वृत्य अरविन्द २ र अर्यांश शर्मा शून्यमा क्रिजमा छन् ।

नेपालका करण केसीले पहिलो ओभरको दोस्रो बलमै ओपनर आसिफ खानलाई शून्यमा पेभेलिएन फर्काएका छन् । आसिफ एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भएका हुन् ।

नियमित ओपनर तथा कप्तान मोहम्मद वासिम चोटका कारण नेपालविरुद्ध खेलमा छैनन् । त्यसैको कारण वृत्य अरविन्दले युएईको कप्तानी गरेका छन् । वासिम नहुँदा आसिफलाई ओपनिङ पठाएको थियो ।नेपालले आज टोलीमा तीन परिवर्तन गरेको छ ।

लामो समयपछि ज्ञानेन्द्र मल्ल टोलीमा फर्किएका छन् । ज्ञानेन्द्र आइसिसी विश्वकप लिग २ मा मार्चमा पपुवा न्युगिनीपछि पहिलो पटक टोलीमा फर्किएका हुन् । नेपालले ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र अर्जुन साउदलाई मौका दिएको छ । नेपालले आसिफ शेख, ललितनारायण राजवंशी र कुशल मल्ललाई बाहिर राखेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.