default_image

2 years ago

July 4, 2023

किशोर एक वर्षपछि नेपालको प्लेइङ ११ मा

333 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर किशोर महतो एकवर्षपछि नेपालको प्लेइङ ११ मा मौका पाएका छन् । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि आयरल्यान्डविरुद्ध किशोर महतोलाई मौका दिएको छ । नेपालले टस हारेर केहि समयमा ब्याटिङ गर्दै छ ।


नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । प्लेअफमा युएईविरुद्ध टोलीमा रहेका आरिफ शेख र प्रतिश जि.सीलाई बेन्चमा राख्दै नेपालले कुशल मल्ल र किशोर महतोलाई मौका दिएको हो । किशोर नेपाली टोलीमा एक वर्षपछि फर्किएका हुन् ।

यसअघि उनी केहि सिरिजमा नेपालको टोलीमा रहेपनि खेल्ने अवसर पाएका थिएनन् । किशोरले नेपाली क्रिकेट टोलीबाट ओडिआईमा २०२२ जुलाईमा घरेलु टोली स्कटल्यान्डविरुद्ध डेब्यू गरेका थिए ।

उक्त खेल पछि किशोरले नेपालको टोलीबाट खेल्ने मौका पाएका थिएनन् । नेपाल एपिएफबाट घरेलु क्रिकेट खेल्ने किशोरले प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएका थिए । नेपाल टि२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई जिताउन किशोरले उत्कृष्ट प्रदर्शन गरेका थिए । किशोर डेथ ओभर बलिङको लागि चिनिन्छन् ।

उनले डेथ ओभरमा लगातार राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । नेपालले डेथ ओभरमा लगातार खराब प्रर्दशन गर्दै आएकोछ । त्यसैले उक्त भूमिकामा किशोरलाई मौका दिन लागेको हो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.