2 years ago
July 9, 2023
एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले विश्वको चर्चित द एशेज सिरिजको तेस्रो खेलमा अष्ट्रेलियामाथि ३ विकेटको जित हात पारेको छ । जितको लागि २ सय ५१ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्डले चौथो दिन दोस्रो सेसनमा पूरा गरेको हो । योसँगै पाँच टेस्ट खेलको सिरिजमा इंग्ल्यान्ड १-२ ले पछि ।

इंग्ल्यान्डको जितमा क्रिस वोक्स ४७ बलमा ४ चौकासहित ३२ र मार्क वुड १६ रनमा अविजित रहे । छैटौं विकेटका लागि ह्यारी ब्रुक र क्रिस वोक्सले ५९ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
ह्यारी ब्रुक ९३ बलमा ९ चौकासहित सर्वाधिक ७५ रनमा आउट भए । ओपनर ज्याक क्रली ४४, बेन डकेट ३३, मोईन अली ५, जो रुट २१, बेन स्टोक्स १३ र जोनी बेयरस्टो ५ रनमा आउट भए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक पाँच विकेट लिए पनि जिताउन सकेनन् । अष्ट्रेलिया दोस्रो इनिङमा २ सय २४ रनमै अल आउट भएपछि मध्यम लक्ष्य दिएको थियो ।
पहिलो इनिङमा अष्ट्रेलियालाई २६ रनको अग्रता लिएको थियो । अष्ट्रेलिया ट्रर्विस हेडले १ सय १२ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७७ रन बनाए । अन्य कुनैपनि अष्ट्रेलियन ब्याटरले अर्धशतकीय इनिङ समेत खेल्न सकेनन् ।
दोस्रो दिन नै उस्मान खवाजा ४३, डेविड वार्नर १, मार्नस लाबुसेन ३३ र स्टिभ स्मिथ २ रनमा आउट भएका थिए । मिचेल मार्श २८, एलेक्स केरी ५, मिचेल स्टार्क १६ र प्याट कमिन्स १ रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र क्रिस वोक्सले समान तीन विकेट लिए । मोईन अली र मार्क वुडको नाममा २-२ विकेट रह्यो ।

त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड २ सय ३७ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डलाई पहिलो इनिङमा विशाल अग्रता लिने अवसर रहेपनि त्यो चुकाएको थियो । कप्तान बेन स्टोक्सले १ सय ८ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको इनिङ खेलेका थिए ।
अन्य इंग्लिस ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर ज्याक क्रली ३३, बेन डकेट २, ह्यारी ब्रुक ३, जो रुट १९, जोनी बेयरस्टो १२ र मोईन अली २१ रनमा आउट भए ।
मार्क वुड ८ बलमा १ चौका र ३ छक्कासहित २४ रनमा आउट भए। कप्तान प्याट कमिन्सले १८ ओभरमा १ मेडनसहित ९१ रन खर्चेर ६ विकेट लिएका थिए ।
त्यसअघि लिड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा पहिलो दिननै २ सय ६३ रनमा अल आउट भएको थियो । अलराउन्डर मिचेल मार्शले १ सय १८ बलमा १७ चौका र ४ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
ट्रविस हेड ७४ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । एक समय अष्ट्रेलिया ८५–४ को दयनीय अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि मिचेल मार्श र हेडले १ सय ५५ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो । अन्तिम २३ रन जोड्दा अष्ट्रेलियाले ६ विकेट गुमाएको थियो ।
इंग्ल्यान्डको टोलीमा पूनरागमन गरेका मार्क वुडले ११.४ ओभरमा ४ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । क्रिस वोक्सले तीन र स्टुअर्ट ब्रोडले दुई विकेट लिए । चौथो खेल १९ जुलाई देखी म्यानचेस्टरमा सुरु हुनेछ । अन्तिम टेस्ट २७ जुलाई देखी द ओभलमा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]