12 months ago
December 11, 2023
एजेन्सी – घरेलु टोली युएईले एसिसी यू१९ एसिया कपमा टेस्ट टोली श्रीलंकामाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । यो जितसँगै युएईले समूह बी बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा तानिश सुरीले ८८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।
आयन खान ५० बलमा ३ चौकासहित ३३, अर्याश शर्मा १९ र एथान डी सोल्झा १७ रनमा आउट भए । आयमन अहमद १० र आमार बादामी १७ रनमा नट आउट रहे । श्रीलंकाका गरौका संकेथले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । श्रीलंकाका निनुरा कलुपहन ८७ बलमा २ चौकासहित ५६ रनमा नट आउट रहे । कप्तान सेनिथ जयवार्डेन ६५ बलमा ३ चौका र २ छक्कासहित ४९ रनमा आउट भए । ओपनर पुलिन्दु परेरा २४, रुसान्दा गेमागे र विश्वा लाहिरु २६–२६ रनमा आउट भए ।
युएईका कप्तान आयन खानले १० ओभरमा १ मेडनसहित ३८ रन खर्चेर २ विकेट लिए । ओमैद रहेमानले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । आमान अहमद, ध्रुब परेशार र हार्दिक पैले एक एक विकेट लिए ।
युएई पहिलो खेलमा बंगलादेशसँग ६१ रनले पराजित भएको थियो । अन्तिम खेल युएईले बुधबार जापानसँग खेल्नेछ । उता श्रीलंकाले पहिलो खेलमा जापानलाई ७ विकेटले हराएको थियो । अन्तिम खेल बुधबार श्रीलंकाले बंगलादेशसँग खेल्नेछ ।
December 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]
December 6, 2024
भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]