12 months ago
December 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगामी महिना दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकपको वार्मअप खेल वेस्टइन्डिज र स्कटल्यान्डसँग खेल्ने भएको छ । आइसिसीले वार्मअप खेलको तालिका सार्वजनिक गरेको छ । नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ ।
वार्मअप विश्वकप अघिको अन्तिम तयारी खेल हो । वार्म अप खेलमा नेपालले आफ्नो टोलीमा भएका पुरै १५ खेलाडीलाई खेलाउन सक्छ । ब्याटिङ र बलिङमा फरक फरक खेलाडी खेलाउन पाउँछ । वार्मअप खेलमा प्लेइङ-११ को खेलाडी खेलाउने भन्ने हुँदैन ।
विश्वकप अव १९ जनवरी देखी ११ फेब्रअरी सम्म हुने भएको छ । नेपालको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ ।
२४ जनवरीमा नेपालले पाकिस्तानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल २६ जनवरीमा अफगानिस्तानसँग खेल्नेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन् । समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।
समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूह ए र डी का टोली सुपर ६ खेल्नेछन् । समूह बी र सी का सुपर सिक्समा हुनेछन् । हरेका समूहमा पुछारका टोलीले १२ देखी १६ औं स्थानमा लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।
December 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]
December 6, 2024
भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]