default_image

2 years ago

December 13, 2023

चितवनलाई हराउँदै मकवानपुरलाई उपाधि, रिजन सर्वोत्कृष्ट

552 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरले चार जिल्ला सम्मिलित भिजिट भरतपुर टि२० सिरिजको उपाधि जितेको छ । भरतपुर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनल खेलमा चितवनलाई ५ विकेटले हराउँदै मकवानपुरले उपाधि जितेको हो ।

जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको मकवानपुरले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मकवानपुरको जितमा सुभ कंसाकारले २३ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए । तक्षक सिंखडाले २४, रिजन ढकालले २३, र सक्षम बस्ताकोटीले २० रन बनाए ।

चितवनका दिवस आचार्य र दिपेश श्रेष्ठले २र२ विकेट लिए । दानिस इकबालले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २३ रन बनाएको थियो । सुरुवाती ७ ओभरमा ३२ रन जोड्दा ४ विकेट गुमाएको चितवन त्यसपछि खेलमा फर्किएको थियो ।

चितवनका लागि क्रिजन गुरुङले २२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३१ रन बनाए । १९ बलमा २० रन बनाएका दिपेश श्रेष्ठ रोहित ठाकुरको बलमा बोल्ड आउट भए ।

बलिङमा मकवानपुरका समिर चौलागाईले ३, रोहित ठाकुरले २ तथा रिजन ढकाल, असिम श्रेष्ठ र साकार गजुरेलले समान १ विकेट लिए । १ विकेटसहित नटआउट २३ रन बनाएका मकवानपुरका रिजन ढकाल खेलको प्लेयर अफ द म्याच बने ।

सिरिजका उत्कृष्ट बलर रिजन ढकाल भए । उनले १३ विकेट लिएका थिए । प्रतिक श्रेष्ठ ९५ रन बनाउँदै उत्कृष्ट ब्याटर भए । प्लेयर अफ द सिरिज मकवानपुरका रिजन ढकाल बने । वेष्ट क्याचको उपाधी पर्साका सम्साद मन्सुरीले पाए ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.