2 years ago
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पुष पहिलो सातादेखी काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।

सरस्वती घर्तीमगरको कप्तानीमा घोषणा टोलीमा कृतिका मरासिनीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । चमेली चौधरीलाई समेट्दै टोली घोषणा गरेको छ । टोलीमा खासै परिवर्तन भने गरेको छैन ।
पिएमकप महिला पुष ५ देखी १७ गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीले पुष ५ गते गण्डकी प्रदेशसँग खेल्दै सुरुवात गर्नेछ ।
लुम्बिनीको टोली :
सरस्वती घर्तीमगर (कप्तान), कृतिका मरासिनी (उपकप्तान), मधु डिसी, शर्मिला रोकामगर, कमला घर्तीमगर, सुष्मिता भुषाल, आश्मा पुलामी, कृति अधिकारी, रन्जु श्रेष्ठ, सुश्मिता बजागाईं, चमेली चौधरी, मनिषा राना र सरस्वती पुन ।
साक्षी भण्डारी, दीपा कुँवर, जिग्यारा थापा र सोस्तिका बजागाईं ।


November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसको आफ्नो दोस्रो खेलमा ५८ रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकाले नेपाललाई ३.३ ओभरमा अल आउट गरेको हो।नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।