12 months ago
December 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर कुशल मल्लसहित पाँच खेलाडीलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति दिने भएको छ। कलेज नेटवर्कका निर्देशक राजु टण्डनले कुशल मल्ल, विवेक यादव, पवन शरार्फ, मौषम ढकाल र प्रतिश जि.सी.लाई चार वर्षे बिबिए अध्ययनको लागि पूर्व छात्रवृत्ति प्रदान गरेको जानकारी दिएका छन् ।
निर्देशक टण्डनले राष्ट्रिय क्रिकेट खेलाडीहरुले खेल मैदानमा देखाएको प्रदर्शन, समर्पण र सीपलाई पुरष्कृत गर्न यो छात्रवृत्ति प्रदान गरेको र छात्रवृत्तिले खेलाडीहरूको खेलजीवन र शैक्षिक जीवनलाई जोड्ने विश्वास कलेजले लिएको बताए।
फिनिक्स कलेजले यस अघि राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोर, सूर्य तामाङ, भिम सार्कीलाई ४ वर्षे बिबिए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो। कलेजले खेलकुद मार्फत अन्तराष्ट्रिय जगतमा राष्ट्रलाई गौरवान्वित बनाएका खेलाडीहरुको शैक्षिक यात्रामा सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएको छ।
काठमाडौंको मैतीदेवीमा अवस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एम.बी.ए. तथा वि.वि.ए. कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो । हाल कलेजमा लिङ्कन विश्वविद्यालय अन्तर्गतका एमबीए, बिबिए, बिएचएम, एमसीएस र बिआइटी कार्यक्रम संचालित छन्।
December 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]
December 6, 2024
भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]