default_image

12 months ago

December 20, 2023

पाल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष श्रेष्ठको मृत्यु

576 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाल्पा क्रिकेट जिल्ला संघका अध्यक्ष तथा लुम्बिनी प्रदेश संघका कोषाध्यक्ष राजेश श्रेष्ठको मृत्यु भएको छ । काठमाडौंको विर अस्पतालमा उपचारकोक्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सन्जय गुरुङले हाम्रो खेलकुदलाई जानकारी दिए ।

दुई दशक भन्दा बढी समय देखी पाल्पा जिल्ला क्रिकेट संघको नेतृत्व सम्हाल्दै आएका उनको अघिल्लो महिना आन्द्रामा समस्या देखिएको थियो ।

आन्द्रा फुटेपछि लुम्बिनी मेडिकल कलेज हुँदै सिल्भरलाइन हस्पतालमा उनको शल्यक्रिया भएको थियो । त्यहाँपनि ठिक हुन नसकेपछि चार दिन अघि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उनको श्रीमतीसँगै दुई छोरा रहेका छन् ।

December 6, 2024

न्युजिल्यान्डविरुद्ध ह्यारी ब्रुकको अर्को शतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]

December 6, 2024

जसले सेलेब्रेसन कै कारण नेपालको खेल गुमाए

भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]

December 6, 2024

गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]

Success

Thank you for your time.